5 years ago
April 29, 2021
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञोनेन्द्र मल्ललाई पितृशोक परेको छ । नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले कप्तान ज्ञानेन्द्रका बुवाको रामकृष्ण मल्लकको ७८ वर्षको उमेरमा बिहीबार विहान मृत्यु भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बिहीबार विहाननै काठमाडौंको टेकुमा उनको अन्तिम दाहसंस्कार भएको छ । पछिल्लो एक हप्ता यता मल्लको स्वास्थ्यमा समस्या आएको थियो । उनका ज्ञानेन्द्र सहित ४ छोरा र २ छोरी छन् । शनिबार ज्ञानेन्द्रको कप्तानीमा नेपालले मलेसिया र नेदरल्यान्ड्सससँगको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको थियो ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]