default_image

5 years ago

April 29, 2021

मुम्बईलाई राजस्थानको चुनौतीपूर्ण लक्ष्य

131 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २४ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।

राजस्थानका कप्तान सञ्जु स्यामसनले सर्वाधिक ४२ रनको योगदान दिए । युवा ब्याट्सम्यान यशस्वी जैसवाल र विकेटकिपर जस बटलरले पहिलो विकेटका लागि ७.४ ओभरमा ६६ रनको साझेदारी गर्दै राजस्थानलाई राम्रो सुरुवात दिलाएका थिए । स्पिनर राहुल चाहरले विकेटकिपर क्विन्टन डी ककबाट बटलरलाई ४१ रनमा स्टम्पिङ आउट गर्दै मुम्बईलाई पहिलो सफलता दिलाए ।


बटलरले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यशस्वी जैसवाल २० बलमा २ चौका र २ छक्का सहित ३२ रनमा क्याच आउट भए । तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १८ औं ओभरको चौथो बलमा बोल्ड आउट गर्नुअघि कप्तान सञ्जु स्यामसनले २७ बलमा ५ चौका सहित ४२ रन जोडे ।

शिवम दुबे ३१ बलमा २ चौका र २ छक्का सहित ३५ रनमा जस्प्रित बुमराहबाट कटएण्ड बोल्ड आउट हुन पुगे । डेविड मिलर ७ र रियान पराग ८ रनमा अविजित रहे । मुम्बईका राहुल चाहरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुमराहको नाममा १–१ विकेट रह्यो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.