5 years ago
May 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसिसीको ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा परेका छन् ।

आइसिसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई प्लेयर अफ द मन्थको मनोनयनमा सार्वजनिक गरेको हो । कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ओपनर फखर जमान उत्कृष्ट तीनमा परेका हुन् । अब समर्थकले खुला मतदानमार्फत यी तीनमध्य एक खेलाडीलाई भोट गर्न सक्नेछन् ।
कुशलले अघिल्लो साता नेपालको टि२० आई टोलीबाट डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । नेपाललाई त्रिकोणात्मक टि२० सिरिजको उपाधि दिलाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसक्रममा उनले डेब्यू सहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो टि२० आई खेलाडी समेत हुन् ।
कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन बनाएका थिए । यी दुवै खेलमा नेपालले ९–९ विकेटले सहजै जितेको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सँग कुशलले ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए । उक्त खेलमा नेपाल पराजित भएको थियो । चौथो खेलमा मलेसियासँग १६ र फाइनलमा नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए । फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले दक्षिण अफ्रिकासँग ओडिआई र टि२० आई सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकासँग अप्रिल २ मा पहिलो ओडिआई खेलमा पाकिस्तानलाई ३ विकेटले जिताउन १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । तेस्रो तथा निर्णायक ओडिआई खेलमा ९४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । त्यस्तै टि२० आई खेलमा दक्षिण अफ्रिकाले २ सय ४ रनको विशाल लक्ष्य दुई ओभर अगाडिनै पूरा गर्नेक्रममा १ सय २२ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।
अर्का ओपनर फखर जमानले पनि दक्षिण अफ्रिकासँग दोस्रो र तेस्रो ओडिआई खेलमा लगातार शतक प्रहार गरेका थिए । दक्षिण अफ्रिकासँग दोस्रो ओडिआई खेलमा ३ सय ४२ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा पाकिस्तान १७ रनले पराजित भएपनि जमानले १ सय ९३ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै धेरैको मन जितेका थिए । तेस्रो ओडिआई खेलमा १ सय १ रनको उत्कृष्ट शतकीय इनिङका साथ सिरिज जिताएका थिए ।
यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ । आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]