default_image

5 years ago

May 6, 2021

आइपिएल २०२१ का पाँच उत्कृष्ट क्षण

176 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कोरोना महामारीको कारण अनिश्चित समयको लागि स्थगित हुन पुगेको छ । आइपिएल लिग चरणका ५६ मध्य २९ खेल सकिँदा मध्य सिजनमा स्थगित भएको थियो । आइपिएल मध्य सिजनसम्म युवा र अनुभवी दुबै खेलाडीको प्रदर्शन उच्च रह्यो । यस सिजनको आइपिएल अव नहुने सम्भावना बढी छ ।

आगमी जुन तेस्रो साता भारत र न्युजिल्यान्डबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल हुने छ । अक्टोबर नोभेम्बरमा भारतमा टि२० विश्वकप हुने कार्यक्रम छ । जसको लागि टोली अव विश्वकप र टेष्ट च्याम्पियनसिपको फाइनलमा जुट्ने छन् । आइपिएलको मध्य सिजनसम्म मात्र खेल सम्भव भएपनि केहि उत्कृष्ट व्यक्तिगत प्रदर्शन सम्भव भए । केहि नतिजा अन्तिम बल र सुपर ओभर सम्म पुग्दा रोमाञ्चक बनेको थियो । समग्रमा आइपिएल २०२१ मध्य सिजन सम्मका ५ उत्कृष्ट क्षण यस प्रकार छन् ।

५. पन्जाबविरुद्ध स्यामसनको शतक

राजस्थान रोयल्सका कप्तान सन्जु स्यामसनले डेब्यू कप्तानीको पहिलो खेलमै पन्जाब किंग्सविरुद्ध १ सय १९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । पन्जाबले प्रस्तुत गरेको २ सय २२ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्का सहित १ सय १९ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

स्यामसनले उत्कृष्ट प्रदर्शन गरेपनि राजस्थान रोयल्स ४ रनले पराजित हुन पुगेको थियो । टोलीका अन्य ब्याट्सम्यान चल्न नसकेपनि स्यामसनले अन्तिम सम्म जितको सम्भावना देखाएका थिए । आइपिएलमा डेब्यू कप्तानीमा शतक प्रहार गर्ने स्यामसन पहिलो खेलाडी पनि बने ।

४. पृथ्वीको ६ बलमा ६ चौका

पछिल्लो समय भारतीय टोलीबाट बाहिर रहेका युवा ब्याट्सम्यान पृथ्वी शाले यस सिजनको आइपिएलमा राम्रो प्रदर्शन गरे । उनले दिल्लीलाई मध्य सिजनमा शीर्षस्थानमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । पृथ्वीले कोलकाताविरुद्ध पहिलो ओभरमै शिवम माभीलाई लगातार ६ बलमा ६ चौका प्रहार गरेका थिए ।

अप्रिल २९ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिल्लीले १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको थियो । शाले ४१ बलमा ११ चौका र ३ छक्का सहित ८२ रनको प्लेयर अफ द म्याच इनिङ खेलेका थिए । दिल्ली पृथ्वीको उत्कृष्ट ब्याटिङमा ७ विकेटले विजयी भएको थियो । शाले पहिलो ओभरमै लगातार चौका प्रहार गरेपछि दिल्लीले राम्रो मोमेन्ट पाउँदै सहजै खेल जितेको थियो ।

३. हरप्रीतको बेंगलोरविरुद्ध अलराउन्ड प्रदर्शन

पन्जाबका युवा स्पिन अलराउन्डर हरप्रीत ब्रारले बेंगलोरविरुद्ध यस सिजनको पहिलो खेल खेल्दै एक यादगार प्रदर्शन गरे । पूनरागमन खेलमा ब्रारले आफ्नो करिअरकै उत्कृष्ट यादगार प्रदर्शन गरेका थिए । ब्याटिङमा अन्त्यमा १७ बलमा २ छक्का सहित २५ रनमा अविजित रहँदै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

तुलनात्मक रुपमा पन्जाबको बलिङ कमजोर देखिदा बेंगलोरले १ सय ८० रनको विजयी लक्ष्य पूरा गर्न सक्ने आकलन गरिएको थियो । ब्रार बेंगलोरको जितको मुख्य बाधक बने । बेंगलोरका प्रमुख तीन ब्याट्सम्यान विराट कोहली, एवी डिभिलियर्स र ग्लेन म्याक्सवेललाई आउट गर्दै उनले पन्जाबको जित सहज बनाएका थिए ।

२. एकै ओभरमा जडेजाको ३७ रन

भारतीय क्रिकेट टोलीका अलराउन्डर रविन्द्र जडेजा आक्रामक ब्याटिङका लागि परिचित छन् । चेन्नई सुपर किंग्सका प्रमुख अलराउन्डर रविन्द्र जडेजा ब्याटिङ र बलिङमात्र होईन फिल्डिङमा पनि त्यतिनै उत्कृष्ट मानिन्छन् । बेंगलोरविरुद्ध टस हारेर ब्याटिङ थालेको चेन्नई एक समय मध्यम योगफलमै समेटिने अवस्थामा पुगेको थियो । तर अन्तिम ओभरमा तीव्र गतिका बलर हर्षल पटेललाई जडेजाले ५ छक्का र एक चौका सहित कुल ३७ रन जोडेपछि चेन्नईले मोमेन्टम मात्र हाफ्नो हातमा लिएको थिएन योगफल पनि निकै बलियो बनाउन सफल भएको थियो ।

चेन्नईले १ सय ९१ रन बनाउन सफल भएको थियो । सुरुवाती तीन बलमा एक नो बलका साथ लगातार छक्का प्रहार गरेका जडेजाले चौथो बलमा दुई, पाँचौंमा छक्का र अन्तिमा चौका प्रहार गरेका थिए । बलिङमा जडेजाले एवि डी भिलियर्स र ग्लेन म्याक्सवेल जस्ता प्रमुख ब्याट्सम्यान सहित तीन विकेट लिएका थिए । जडेजाले एक रन आउट गरेका थिए । जुन एक उत्कृष्ट प्रदर्शन थियो ।

१. चेन्नईविरुद्ध पोलार्डको अद्भुत ब्याटिङ

अलराउन्डर काइरन पोलार्डको अद्भुत ब्याटिङमा मुम्बई इन्डियन्सले चेन्नईसँग हारि सकेको खेल जितेको थियो । मुम्बईको बलिङ नचल्दा चेन्नईले दिल्लीको अरुण जेटली स्टेडियममा २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याएको मुम्बई एक समय जित देखि धेरै टाढा थियो । तर पोलार्डले आफ्नो उत्कृष्ट प्रदर्शनमा अन्तिम बलमा रोमाञ्चक जित दिलाएका थिए ।

पोलार्डले ३४ बलमा ६ चौका र ८ छक्का सहित अविजित ८७ रनको इनिङ खेलेपछि मुम्बईले पहिलो पटक आइपिएलमा २ सय माथिको योगफल पूरा गर्न सफल भएको थियो । जुन पोलार्डको यस सिजन मात्र होईन आइपिएलकै करिअरकै उत्कृष्ट प्रदर्शन थियो । धेरैले आशा मारि सकेको खेल पोलार्डले आफ्नो पावरमा जिताउदा खेलको पल निकै उत्कृष्ट थियो ।

आइपिएलका सर्वाधिक सफल कप्तान मानिने महेन्द्रसिंह धोनीका बलरविरुद्ध उक्त लक्ष्य पूरा गर्नु पक्कै सामान्य कुरा पनि होईन । आइपिएल इतिहासकै सर्वाधिक दोस्रो ठूलो चेश पनि हो । पोलार्डले जसरी प्रदर्शन गरेका त्यसले गर्दा यस आइपिएल सिजनमा उत्कृष्ट क्षण मान्न सकिन्छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.