default_image

5 years ago

May 7, 2021

नेपालले खेल्ने टि२० विश्वकप छनोट नोभेम्बरमा हुने

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट आगमी नोभेम्बरमा हुने भएको छ । यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको उक्त प्रतियोगिता आइसिसीले नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा गर्ने भएको छ । कोरोना महामारीको कारण प्रतियोगिता सरेको हो ।

फाइल तस्बिर

प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि आठ देशको सहभागीता हुने छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले एसिया छनोट खेल्ने छ । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि स्थान बनाउने छन् । नेपाली महिला क्रिकेट टोली पनि पहिलो विश्वकप खेल्ने लक्ष्यमा छ ।


नेपाली महिला टोलीले पछिल्लो पटक अन्तर्राष्ट्रिय खेल गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । नेपाली महिला क्रिकेटका पछिल्लो समय दुई घरेलु प्रतियोगिता भएका छन् । पछिल्लो समय गत पुषमा दाङको लमहीमा टि२० राष्ट्रिय प्रतियोगिता भएको थियो । चैतमा काठमाडौंमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगिता भएको थियो । कोरोना दोस्रो चरणको कारण नेपालले तत्काल कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्ने छैन ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.