default_image

3 years ago

May 12, 2021

राष्ट्रिय टोलीमा पूनरागमन गर्दै योर्कर किंग मलिङ्गा

एजेन्सी – तीव्र गतिका बलर तथा योर्कर किंग लासिथ मलिङ्गाले श्रीलंका राष्ट्रिय टोलीमा पूनरागमनको तयारी गरेका छन् । टेष्ट र ओडिआईबाट सन्न्यास लिई सकेका मलिङ्गाले टि२० विश्वकप अघि श्रीलंका टोलीमा पूनरागमन गर्ने बुझिएको छ । श्रीलंका क्रिकेट बोर्डको छनोट समितिले पनि मलिङ्गाले पूनरागमन गर्ने संकेत दिएको छ । श्रीलंका टि२० टोलीको कप्तानी समाल्दै आएका मलिङ्गा […]

63 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर तथा योर्कर किंग लासिथ मलिङ्गाले श्रीलंका राष्ट्रिय टोलीमा पूनरागमनको तयारी गरेका छन् । टेष्ट र ओडिआईबाट सन्न्यास लिई सकेका मलिङ्गाले टि२० विश्वकप अघि श्रीलंका टोलीमा पूनरागमन गर्ने बुझिएको छ । श्रीलंका क्रिकेट बोर्डको छनोट समितिले पनि मलिङ्गाले पूनरागमन गर्ने संकेत दिएको छ ।

श्रीलंका टि२० टोलीको कप्तानी समाल्दै आएका मलिङ्गा गत वर्ष मार्चमा वेस्टइन्डिजसँगको टि२० सिरिजपछि टोलीमा छैनन् । मलिङ्गा नहुँदा श्रीलंका टि२० को कप्तानी दसुन शनकाले सम्हाल्दै आएका थिए । मलिङ्गाले सम्भव त आगमी जुलाईमा घरेलु मैदानमा भारतसँग खेल्ने तीन टि२० आई सिरिजसँगै टोलीमा पूनरागमन गर्दै विश्वकप तयारीमा जुट्ने छन् ।

‘मलिङ्गा हाम्रो आगमी टि२० टोलीको योजनामा छन् । विशेषत टि२० विश्वकपको लागि । मलिङ्गा वर्तमान समयमा पनि हाम्रो सर्वोत्कृष्ट बलर हुन्’, श्रीलंका क्रिकेट छनोट समितिका अध्यक्ष प्रमोद्दय विक्रमसिंघेले एक कार्यक्रममा भनेका छन् ।

त्यसमा उनले थपे, ‘हामीले मलिङ्गा सर्वोत्कृष्ट बलर हुन् भन्ने कुरा बिसर्नु हुँदैन । उनको कीर्तिमान आफैं बोल्छ । आगमी तीन वर्ष मध्य दुई लगातार टि२० विश्वकप छन् । हामीले उनीसँग छिट्टै भेटेर छलफल गर्ने छौं’ ।

मलिङ्गाले पनि आफू छनोट समितिलाई भेट्न उत्सुक रहेको बताएका छन् । ‘मैले टेष्ट र ओडिआईबाट सन्न्यास लिएको छु । टि२० बाट होईन । म जस्तो सिनियर खेलाडीले कस्तो सेवा र भूमिका पाउछु त्यो हेर्न उत्सुक छु । म लामो समयको विश्रामपछि फिर्ता हुँदै देशको लागि धेरै राम्रो गर्न सक्छु’, उनले एक अनलाइनसँग भनेका छन् ।

मलिङ्गा पनि टि२० विश्वकपमा केन्द्रित भएको देखिन्छन् । मलिङ्गाले फ्रेन्चाइज लिगबाट पनि सन्न्यास लिई सकेका छन् । त्यसैको कारण यस सिजनको आइपिएल अक्सन अघि मुम्बई इन्डियन्सले आफ्नो सर्वाधिक सफल बलरलाई टोलीबाट फुकुवा गरेको थियो ।

मलिङ्गा टि२० शैलीकै सर्वोत्कृष्ट बलर हुन् । उनले आइपिएलमा १ सय ७० र टि२० आई १ सय ७ विकेट लिएका छन् । टि२० आईमा मलिङ्गा एक सय विकेट लिने पहिलो र एक्लो खेलाडी हुन् ।

सन् २०१४ मा श्रीलंकाले मलिङ्गाको कप्तानीमा पहिलो पटक टि२० विश्वकप उपाधि जितेको थियो । टि२० आईमा दुई पटक लगातार चार विकेट लिने मलिङ्गा एक्लो खेलाडी हुन् । योर्करका लागि माहिर ३७ वर्षिय मलिङ्गालाई फिटनेश मुख्य चुनौती देखिन्छ । उनलाई श्रीलंका टोलीमा स्थान बनाउन भने कुनै कठिन छैन ।

पछिल्लो समय लगतार खस्किदै गएको श्रीलंका टोलीमा मलिङ्गालाई चुनौती दिने बलर देखिदैनन् । अनुभवी योर्कर किंग मलिङ्गा श्रीलंकालाई टि२० विश्वकपमा नायक बन्न सक्छन् । विश्वकपमा अनुवभी खेलाडीको निकै आवश्यक पर्दछ । कम्तिमा मलिङ्गाले यो वर्ष अक्टोबर नोभेम्बरमा भारतमा हुने भनिएको टि२० विश्वकप भने खेल्ने निश्चित जस्तै छ । तर कोरोना कारण उक्त विश्वकप भारत बाहिर हुने बढी सम्भावना छ । उक्त विश्वकपसँगै मलिङ्गाले सन्न्यास लिने आकँलन गरिएको छ ।

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि हङकङ विरुद्ध भिड्दै छ । खेल नेपाली समय अनुसार ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

Success

Thank you for your time.