5 years ago
May 14, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि२० विश्वकपमा २० टोलीलाई खेलाउने विचार गरेको छ । हाल टि२० विश्वकपमा १६ टोली सहभागिता जनाउँदै आएका छन् ।

यसै वर्ष भारतमा र अर्को वर्ष अष्ट्रेलियामा टि२० विश्वकप हुँदै छ । आइसिसीले त्यसपछि हुने सन् २०२४ को संस्करणदेखि टि२० विश्वकपमा सहभागी सङ्ख्या २० पुर्याउन विस्तार गर्न छलफल थालिएको बुझिएको छ । जसमा २० देशलाई ४ समूहमा विभाजन गरिने योजना छ । एकदिवसिय विश्वकपमा १० बाट १४ सङ्ख्या पुर्याउनेमा पनि छलफल गरिरहेको बुझिएको छ ।
ओलम्पिकमा सहभागिता जनाउनेमा पनि आइसिसी सकरात्मक देखिएको छ । त्यस्तै आइसिसी इन्टरकन्टिलेन्टल कप फरक नाममा गर्नेमा आइसिसी सकरात्मक देखिएको छ । इन्टरकन्टिनेन्टल कप एसोसियट देशबीच प्रतिस्पर्धा हुनेछ । जुन प्रथम श्रेणीको हुने छ ।
यस प्रतियोगिताको स्वरूप पहिला भन्दा परिवर्तन हुने छ । उक्त प्रतियोगिता नाम परिवर्तन गर्ने बुझिएको छ । टेष्ट शैलीको ढाचाँमा खेलाइने जनाएको छ । जसलाई दोस्रो श्रेणीको टेष्ट नाम दिइने आइसिसीले विचार र छलफल गरि रहेको छ ।

टि२० विश्वकपमा २० र एकदिवसियमा १४ देश पुर्याउँदा नेपाल लगायतका एसोसियट देशलाई धेरै फाइदा र सहज हुनेछ । २०१९ मा एकदिवसिय विश्वकपमा १० टोलीमात्र प्रतिस्पर्धा गरेका थिए । जसमा जिम्बावे र आयरल्यान्ड जस्ता टेष्ट टोली विश्वकप खेल्न नपाउँदा आइसिसीको निकै आलोचना भएको थियो ।
विश्वकपमा १० टोलीमात्र हुँदा एसोसियट देशको लागि सहभागिता एउटा सपना नै बनेको छ । दोस्रो डिभिजनको टेष्ट शैलीले नेपाल लगायतका एसोसियट देशलाई टेष्ट खेल्ने सपना पूरा गर्न धेरै फाइदा पुग्ने छ । क्रिकेट विकास र संस्कारमा पनि परिवर्तन ल्याउने अनुमान गरिएको छ ।
नेपाल हाल २०२२ को टि२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ । उक्त विश्वकपमा १६ टोली हुँदा समूह ए मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । एकदिवसिय विश्वकप छनोट नेपालले आइसिसी विश्वकप लिग–२ खेलेको छ ।

विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउने छ । शीर्ष तीनमा पर्न नसके नेपालले क्वालिफायर प्ले अफ खेल्दै शीर्ष दुईमा रहन सके ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउने छ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा रहेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]