default_image

5 years ago

May 18, 2021

गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिगमा गाहा मगरको सहयोग

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बेलायतको मिडल्याण्डमा अर्को साता सुरु हुने ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिताको सञ्चालनको सहयोगार्थ गैरआवासीय नेपाली संघ, बेलायत (एनआरएनए एनसीसी, यूके ) का उपाध्यक्ष प्रेम गाहा मगरले आर्थिक सहयोग गरेका छन् । उनले ५ सय १ पाउण्ड प्रदान गरेका छन् ।

एनआरएन यूकेको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी समेत रहेका गाहा मगरले प्रतियागिता सहज रुपले सञ्चालन होस् भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको बताएका छन् । ‘यस्ता प्रतियोगितालाई प्राथमिकतामा राख्नुपर्छ र प्रोत्साहन गर्नुपर्छ,’ उनले भने । खेलकुद र युवाहरुको कार्यक्रमलाई विगतदेखि नै प्राथमिकतामा राख्ने गरेका गाहामगरले यसपटक पनि सहयोगलाई निरन्तरता दिएका हुन् ।

नटिङ्घम टिमका पूर्व कप्तान तथा नटिङघम समाजका अध्यक्ष दीपक सापकोटाले गाहा मगरको सहयोगले खेलाडीहरुको हौसला बढेको बताए । बेलायतमा लकडाउन खुकुलो भएसँगै ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

लिगको दोश्रो संस्करण यही मे २३ बाट सुरु हुँदैछ । पहिलो संस्करण २०१९ मा आयोजना भएको थियो। पहिलो संस्करणको उद्घाटन बेलायतका लागि तत्कालिन नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गरेका थिए ।

यसपटक २३ मेबाट सुरु हुने लिगको दोश्रो संस्करणमा नटिङघम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पिटरब्रो गरी ४ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । २६ खेल हुने लिग झन्डै ३ महिना चल्ने जनाइएको छ । नेपाली समुदायद्वारा सञ्चालित यो प्रतियोगिता मिडल्याण्डवासीसहित बेलायतमा रहेका समग्र नेपालीहरूका लागि आकर्षण बनेको छ ।

आयोजकका अनुसार प्रतियोगिता २३ मेबाट सुरु हुने भएपनि औपचारिक उद्घाटन समारोह भने गरिने छैन । लकडाउन खुले पनि कोभिड महामारीको त्रास कायमै रहेकाले उद्घाटन समारोह नगरिने र समापनमा भने औपचारिक कार्यक्रम गरिने सापकोटाले जानकारी दिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.