default_image

3 years ago

May 18, 2021

कप्तानीमा को उत्कृष्ट : कोहली वा विलियम्सन ?

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप २०१९–२१ को फाइनल जुन तेस्रो साता इंग्ल्यान्डको साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दुई वर्षसम्म नौ टोलीबीच चलेको लिगमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । न्युजिल्यान्डले घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशलाईपछि पार्दै फाइनलमा स्थान बनाएको थियो । विराट कोहलीले टेष्टमा […]

63 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप २०१९–२१ को फाइनल जुन तेस्रो साता इंग्ल्यान्डको साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दुई वर्षसम्म नौ टोलीबीच चलेको लिगमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । न्युजिल्यान्डले घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशलाईपछि पार्दै फाइनलमा स्थान बनाएको थियो ।

विराट कोहलीले टेष्टमा २०१४ र सिमित ओभरमा २०१७ देखि भारतको नेतृत्व सम्हाल्दै आएका छन् । विलियम्सनले २०१६ देखि न्युजिल्यान्डको तीनै शैलीको क्रिकेटमा नेतृत्व बागडोर सम्हाल्दै आएका छन् । यी दुबै खेलाडीले महान् खेलाडी महेन्द्रसिंह धोनी र ब्रेन्डम म्याकुलमपछि नेतृत्व पाएका हुन् ।

दुवै खेलाडीको प्रदर्शन र कप्तानी अब्बल छ । दुवै ब्याटिङमा जिम्मेवारी इनिङका लागि परिचित छन् । भारतले विश्व क्रिकेटमा तीनै शैलीमा लगातार उच्च प्रदर्शन गरि रहेको छ । न्युजिल्यान्डले पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । हाल विश्व वरियतामा भारत टेष्टमा शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा छन् ।

ओडिआईमा न्युजिल्यान्ड शीर्ष र भारत तेस्रो स्थानमा छ । टि२० वरियतामा तेस्रो र भारत दोस्रो स्थानमा छ । वरियतातर्फ टेष्टमा केन विलियम्सन शीर्ष स्थानमा छन् । विराट कोहली पाँचौं स्थानमा छ । ओडिआईमा विराट दोस्रो र विलियम्सन १२ औं स्थानमा छन् । टि२० मा विराट पाँचौं र विलियम्सन ३५ औं स्थानमा छन् । विश्व क्रिकेटमा यी दुई कप्तानको तथ्याङ्कलाई हेरौं ।

प्रदर्शन

विलियम्सनले ८३ टेष्टको १ सय ४४ खेलमा कुल ७ हजार १ सय १५ रन जोडेका छन् । २४ शतक र ४ दोहोरो शतक सामेल छ । विलियम्सनको औसत ५४.३१ छ । विराटले ९१ खेलको १ सय ५३ इनिङमा ७ हजार ४ सय ९० रन बनाएका छन् । २७ शतक र ७ दोहोरो शतक सामेल छ । औसत ५२.३८ छ । विराटको उत्कृष्ट प्रदर्शन २ सय ५४ र विलियम्सनको २ सय ५१ छ ।

विलियम्सनले १ सय ५१ ओडिआईमा ६ हजार १ सय ७४ रन बनाएका छन् । १३ शतक र ३९ अर्धशतक सामेल छ । विराटले २ सय ५४ ओडिआईमा ४३ शतक र ६२ अर्धशतक सहित १२ हजार १ सय ६९ रन बनाएका छन् । विराटले ८९ टि२० आईमा ३ हजार १ सय ९५ रन बनाएका छन् । विलियम्सनले ६७ टि२० आईमा १ हजार ८ सय ५ रन बनाएका छन् ।

विश्व टेष्ट च्याम्पियनसिपमा विलियम्सन अघि

टेष्ट च्याम्पियनसिपमा विलियम्सनले ९ खेलमा १४ इनिङमा ब्याटिङ गर्दै कुल ८ सय १७ रन बनाएका छन् । तीन शतक सामेल छ । उत्कृष्ट प्रदर्शन २ सय ५१ रन छ । विलियम्सनको कुल रनमा दुई दोहोरो शतक सामेल हुँदा औसत ५८.३५ छ । कोहलीले १४ खेलमा २२ इनिङमा ८ सय ७७ रन बनाएका छन् । दुई शतक र ५ अर्धशतक सामेल छ । उत्कृष्ट प्रदर्शन २ सय ५४ अविजित र औसत ४३.८५ छ ।

कप्तानी नतिजा

विलियम्सनले ३५ टेष्टमा नेतृत्व गर्दा २१ जित र ८ खेल हारेका छन् । विजयी प्रतिशत ६० र हार २२.८५ छ । विराटले ६० टेष्ट खेलमा कप्तानी गर्दा ३६ जित र १४ मा हार बेहोरेका छन् । विजयी प्रतिशत ६० र हार २३.३३ छ । ओडिआईमा विराटले ९५ खेलमा कप्तानी गर्दा ६५ खेलमा जित र २७ खेल हारेका छन् । जित प्रतिशत ७०.४३ छ ।

विलियम्सनले ७७ ओडिआईमा नेतृत्व गर्दा ४१ जित र ३३ मा हार बेहोर्नु परेको छ । विजयी प्रतिशत ५५.३३ छ । विलियम्सनले ४९ टि२० आईमा कप्तानी गर्दा २३ मा जित र २४ मा हारको सामना गर्नु परेको छ । विजयी प्रतिशत ४८.९५ छ । कोहलीले ४५ टि२० खेलमा कप्तानी गर्दा २७ मा जित र १४ मा हार बेहोरेका छन् । विजयी प्रतिशत ६५.११ छ ।

उपाधि ?

दुवै कप्तानले आइसिसीको नकआउट प्रतियोगिता उपाधि जित्न सकेका छैनन् । विलियम्सनको कप्तानीमा इंग्ल्यान्डमा २०१९ मा सम्पन्न एकदिवसिय विश्वकपमा फाइनलमा स्थान बनाएका थियो । सेमिफाइनलमा स्थान बनाउनै कठिन मानिएको न्युजिल्यान्डले विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै बाउन्ड्री काउन्टको आधारमा विश्वकप फाइनलमा इंग्ल्यान्डसँग पराजित हुन पुगेको थियो । उक्त विश्वकपको फाइनलमा स्थान बनाउन विलियम्सनले उत्कृष्ट कप्तानी र प्रदर्शन गरेका थिए ।

कोहलीको कप्तानीमा भारतले २०१७ मा इंग्ल्यान्डमै भएको च्याम्पियनशिपको ट्रफीको फाइनलमा पाकिस्तानसँग १ सय ८० रनको फराकिलो हार बेहोरेको थियो । २०१९ को विश्वकपमा न्युजिल्यान्डसँग सेमिफाइनलमा १८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । विश्वकपमा विलियम्सनको कप्तानीलाई लिएर सर्वत्र प्रशंसा हुँदा कोहलीको नेतृत्वलाई विश्वसँगै टोलीभित्रै चर्को आलोचना भएको थियो ।

अब्बल विलियम्सन

लिग, सिरिज भन्दा पनि खेलाडीको असली अग्नी परिक्षा नकआउट अर्थात क्वाटरफाइनल, सेमिफाइन र फाइनल खेलमा हुन्छ । लिग र सिरिजमा एउटा खेल हार्दा कुनै फरक नपर्न सक्छ । तुलनात्मक रुपमा दबाब कम हुन्छ । विशेष गरेर विश्वकपको दबाब अधिक हुन्छ । २०१७ को च्याम्पियनशिप फाइनलमा पाकिस्तानसँग ५ र न्युजिल्यान्डसँग २०१९ को सेमिफाइनलमा १ रनमा आउट भएका थिए ।

भारतविरुद्ध सेमिफाइनलमा विलियम्सनले ६७ रनको इनिङ खेलेका थिए । फाइनलमा ३० रन बनाएका थिए । विलियम्सन उक्त विश्वकपमा ५ सय ७८ रनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

कप्तानी स्वभाव

टोलीले कस्तो नतिजा हासिल गरेको छ त्यो टोलीको स्तरमा धेरै भर पर्छ । भारतले पछिल्लो समय जुन सफलता हात पारेको छ । खेलाडी र टोलीको क्षमता अनुसार अझ कम रहेको क्रिकेट विश्लेषकहरु बताउँछन् । भारतमा स्टार खेलाडीको बाहुल्यता छ । न्युजिल्यान्ड कागजी रुपमा कमजोर देखिएपनि मैदानमा प्रदर्शन सबैलाई आश्चर्य पार्ने हुन्छ ।

विलियम्सनको कप्तानीअघि शक्तिशाली विपक्षी पनि ठुलो संघर्ष गर्दछन् । दुवै कप्तानको स्वभाव बिल्कुल फरक छ । विलियम्सन शान्त, संयम र शालिन छन् । कोहली आक्रामक र हतार बढी गर्दछन् ।

विलियम्सन खेलाडीमाथि अत्याधिक विश्वास र धैर्य राख्छन् । एकदिवसिय विश्वकप फाइनलमा पराजित भएपछि विलियम्सनको कप्तानी र व्यवहारले सबैको मन जितेको थियो । विश्कपमा गुमाउँदा पनि उनी मुस्कुराइरहेका थिए । विलियम्सन साँच्चै महान् छन् । ठुलो सफलता होस् वा शतक विलियम्सनको हाउभाउ सेलिब्रेसन शान्त र सामान्य हुन्छ ।

विलियम्सनले खेलाडीले जतिसुकै खराब प्रदर्शन गर्दा पनि शान्त रहन्छन् । खेलाडीमाथि बढी विश्वास राख्छन् । विलियम्सन सफलतामा मातिदैनन् र असफलतामा आतिदैनन् । जुन उनको खुबी हो । विराट सानो सानो गल्तीमा पनि अत्याधिक रिसाउँछन् झनै दबाब बढाउछन् । जुन उनको त्यो कमजोरी हो ।

त्यो २०१६ को टि२० विश्वकप

२०१६ को टि२० विश्वकपमा भारतले न्युजिल्यान्डसँग ४७ रनले हारेको थियो । उक्त खेलमा विलियम्सनको कप्तानी सामू भारत निहिर बनेको थियो । १ सय २७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारत ७९ रनमा अल आउट भएको थियो । खेलाडीसँगै विलियम्सनको कप्तानी उत्कृष्ट थियो ।

समूह बी मा रहेको न्युजिल्यान्ड शतप्रतिशत जितका साथ सेमिफाइनलमा पुगेको थियो । भारत उप विजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको थियो । अष्ट्रेलिया तेस्रो स्थानमा हुँदै बाहिरिएको थियो । यद्यपी भारतको कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए ।

को उत्कृष्ट ?

वर्तमान विश्व क्रिकेटमा यी दुई ब्याट्सम्यान र कप्तानी दुवैमा उत्कृष्ट छन् । एकतर्फबाट विलियम्सन कप्तानीमा धेरै अघि देखिन्छन् । अर्कोतर्फ विराटले पनि विश्व क्रिकेटमा ब्याटिङमार्फत प्रभुत्व जमाउँदै आएका छन् । यी दुई खेलाडीमा को उत्कृष्ट कप्तान विश्व टेष्ट च्याम्पियनसिपमा अग्निपरीक्षा हुने छ । कोहली गतवर्ष टेष्ट सिरिजमा क्लिनस्वीप नतिजाको बदला लिने सोचमा हुने छन् । विलियम्सन आफ्नो कप्तानीले भारतलाई पुन: स्तब्ध पार्न खोज्नेछन् ।

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

Success

Thank you for your time.