default_image

5 years ago

May 18, 2021

डि भिलियर्स राष्ट्रिय टोलीमा नफर्कने

150 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान एबी डि भिलियर्स राष्ट्रिय टोलीमा नफर्कने भएका छन् । दक्षिण अफ्रिका क्रिकेट बोर्डले उनीसँग छलफल पश्चात सन्न्यास फिर्ता नहुने स्पष्ट पारेको छ ।

दक्षिण अफ्रिकाले मंगलबार वेस्टइन्डिज र आयरल्यान्डसँग खेल्ने टि२० टोली घोषणा गरेको छ । डिभिलियर्सले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप खेल्ने इच्छा राख्दै आएको खबर सार्वजनिक भएको थियो । आयरल्यान्ड र वेस्टइन्डिजसँगको टि२० सिरिज विश्वकप तयारीको रुपमा रहेको छ ।

डि भिलियर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेपछि पूनरागमनको आशा पनि बढेको थियो । तर खेलाडीसँग नै छलफलपछि उक्त सन्न्यास नै अन्तिम रहेको दक्षिण अफ्रिकाले स्पष्ट पारेको छ ।

यस सिजन बीचमा नै रोकिएको आइपिएलमा डि भियिलर्सले ६ इनिङमा २ सय ७ रन बनाएका थिए । कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्न नायक बन्ने क्रममा ३४ बलमा ७६ रनको प्लेयर अफ द म्याच इनिङ खेलेका थिए ।

डि भिलियर्सले सन् २०१८ मा सबैलाई आश्चर्य पार्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपमा एवी डिभिलियर्सले टोलीलाई आवश्यक भए आफू फर्कन तयार भएको जनाएका थिए । विश्वकप मुखमै सन्न्यास लिएका डी भिलियर्सको प्रस्तावलाई दक्षिण अफ्रिकाले ठाडै अस्वीकार गरेको थियो ।

सन् २०२० मा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पर्न आइपिएलमा उच्च प्रदर्शन गर्नु पर्ने दक्षिण अफ्रिकाले जनाएको थियो । तर कोरोनाको कारण उक्त विश्वकप हुन सकेन । अघिल्लो महिनामात्रै डी भिलियर्सले आफ्नो सन्न्यास फिर्ता लिन दक्षिण अफ्रिका प्रशिक्षक तथा सँगै खेल्दाका साथी मार्क बाउचरसँग छलफल गर्ने बताएका थिए ।

विश्व क्रिकेटकै सर्वोत्कृष्ट ब्याट्सम्यान डी भिलियर्सले दक्षिण अफ्रिकाबाट १ सय १४ टेष्ट, २ सय २८ ओडिआई र ७८ टि२० आई खेल खेलेका छन् । उक्त समय डि भिलियर्सले आफू थकित भएको बताउँदै सन्न्यास लिएका थिए । लगातार उच्च प्रदर्शन गरेका डि भिलियर्सको सन्न्यासले क्रिकेट जगत चकित परेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.