default_image

5 years ago

May 19, 2021

वेस्टइन्डिजमा रसेलसहित ५ स्टारको पुनरागमन

159 views

0 Bookmark

एजेन्सी – आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल सहित पाँच स्टार खेलाडीले वेस्टइन्डिजको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । वेस्टइन्डिज छनोट समितिले दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रमशः समान ५-५ टि२० आई सिरिजको लागि १८ सदस्य टोली घोषणा गरेको छ ।

आगामी साढे दुई महिनामा वेस्टइन्डिजले तीन देशसँग कुल १५ टि२० आई खेल खेल्ने कार्यक्रम छ । वेस्टइन्डिजले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकप विशेष तयारीको लागि लगातार १५ टि२० आई खेल तीन देशसँग घरेलु मैदानमा खेल्न लागेको हो । यी तीन देशको खेलबाट साविक विजेत वेस्टइन्डिजले विश्वकपको लागि अन्तिम टोली घोषणा गर्ने छ ।

घोषणा टोलीमा रसेल सहित आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायर, तीव्र गतिका बलर शेल्डन कटरेल, ओशान थोमस र स्पिनर हेडेन वाल्श जुनियरले टोलीमा पुनरागमन गरेका हुन् । त्यस्तै टोलीमा अनुभवी ओपनर क्रिस गेलले पनि निरन्तरता पाएका छन् । रसेल र कटरेलले पछिल्लोपटक गतवर्ष मार्चमा श्रीलंकासँग टि२० आई खेलेका थिए ।

हेटमायर, हेडेन र थोमसले नोभेम्बरमा न्युजिल्यान्डसँग खेलेका थिए । वेस्टइन्डिजले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग जुन २६ मा पहिलो खेल्दै सुरुवात गर्ने छ । काइरन पोलार्डको कप्तानीमा वेस्टइन्डिजले आफ्नो उत्कृष्ट टोली घोषणा गरेको छ । निकोलस पुरनलाई उपकप्तानको जिम्मेवारीमा निरन्तरता दिएको छ ।

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) मध्य सिजनमा स्थगित भएको थियो । जसमा पुरन ६ मध्य चार खेलमा शून्यमा आउट भएका थिए । पूरनलाई उत्कृष्ट प्रदर्शनको दबाब छ । हेटमायर दिल्ली क्यापिटल्सबाट राम्रो प्रदर्शन गरेका थिए । कोलकाता नाइट राइडर्सबाट रसेलले अलराउन्ड प्रदर्शन गरेका थिए ।

वेस्टइन्डिजको टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (विकेटकिपर तथा उपकप्तान), फबियन एलेन, ड्वेन ब्राभो, शेल्डन कटरेल, फिडेल एडवार्ड्स, आन्द्रे फ्लेचर (विकेटकिपर), क्रिस गेल, शिम्रन हेटमायर, जेसन होल्डर, अकेल हुसेन, ओबेड म्याककोय, आन्द्रे रसेल, लेन्डन सिमन्स, केभिन सिन्क्लेयर, ओशान थोमस, इभिन लुइस र हेडेन वाल्श जुनियर

खेल तालिका :

वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिका

जुन २६ : पहिलो टि२० आई, ग्रेनेडा नेशनल क्रिकेट स्टेडियम

जुन २७ : दोस्रो टि२० आई, ग्रेनेडा नेशनल क्रिकेट स्टेडियम

जुन २९ : तेस्रो टि२० आई, ग्रेनेडा नेशनल क्रिकेट स्टेडियम

जुलाई १ : चौथो टि२० आई, ग्रेनेडा नेशनल क्रिकेट स्टेडियम

जुलाई ३ : पाँचौं टि२० आई, ग्रेनेडा नेशनल क्रिकेट स्टेडियम

वेस्टइन्डिजविरुद्ध अष्ट्रेलिया

जुलाई ९ : पहिलो टि२० आई डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया

जुलाई १० : दोस्रो टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया

जुलाई १२ : तेस्रो टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया

जुलाई १४ : चौथो टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया

जुलाई १६ : पाँचौं टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया

वेस्टइन्डिजविरुद्ध पाकिस्तान

जुलाई २७ : पहिलो टि२० आई, केन्सिंगटन ओभल बार्बाडोस

जुलाई २८ : दोस्रो टि२० आई, केन्सिंगटन ओभल बार्बाडोस

जुलाई ३१ : तेस्रो टि२० आई, गुयाना नेशनल स्टेडियम

अगष्ट १ : चौथो टि२० आई, गुयान नेशनल स्टेडयम

अगष्ट ३ : पाँचौं टि२० आई, गुयाना नेशनल स्टेडियम

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.