default_image

3 years ago

May 19, 2021

आइपिएल खेलेका खेलाडी इंग्ल्यान्ड टोलीमा परेनन्

एजेन्सी – इंग्ल्यान्डले न्युजिल्यान्डसँग घरेलु मैदानमा खेल्ने दुई टेष्ट सिरिजको लागि जो रुटको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । न्युजिल्यान्डले आइसिसी विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारतसँग खेल्नुअघि इंग्ल्यान्डसँग दुई टेष्ट खेल खेल्ने छ । इंग्ल्यान्डको घोषणा टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेलेका खेलाडी परेका छैनन् । यस सिजनको आइपिएलमा इंग्ल्यान्डका १२ खेलाडी […]

38 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले न्युजिल्यान्डसँग घरेलु मैदानमा खेल्ने दुई टेष्ट सिरिजको लागि जो रुटको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । न्युजिल्यान्डले आइसिसी विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारतसँग खेल्नुअघि इंग्ल्यान्डसँग दुई टेष्ट खेल खेल्ने छ ।

इंग्ल्यान्डको घोषणा टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेलेका खेलाडी परेका छैनन् । यस सिजनको आइपिएलमा इंग्ल्यान्डका १२ खेलाडी खेलेका थिए । युवा अलराउन्डर साम करन, अनुभवी स्पिन अलराउन्डर मोईन अली, विकेटकिपर जस बटलर र जोनी बेयरस्टोको टेष्ट टोलीमा पर्ने सम्भावना बोकेका खेलाडी थिए ।

चेन्नई सुपर किंग्सका अलराउन्डर साम करन र मोईन अलीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । राजस्थान रोयल्सका जस बटलरले सनराइजर्स हैदराबादविरुद्ध १ सय २४ रनको कीर्तिमानी इनिङ बनाएका थिए । इंग्ल्यान्डका ब्याट्सम्यानले आइपिएलमा एकै इनिङमा बनाएको सर्वाधिक रन हो ।

हैदराबादको जोनी बेयरस्टोको प्रदर्शन औसत थियो । स्टार अलराउन्डर बेन स्टोक्स औंला र तीव्र गतिका बलर जोफ्रा आर्चर कुइँनोमा चोटका कारण इंग्ल्यान्डको टोलीमा छैनन् । यी दुवै खेलाडीले आइपिएल पनि खेलेका थिएनन् ।

इंग्ल्यान्डको टोलीमा बायाँ हाते २४ वर्षिय युवा विकेटकिपर जेम्स रोबार्ट बेस्री र २७ वर्षिय तीव्र गतिका बलर ओली रोबिन्सन पहिलो पटक टोलीमा स्थान बनाएका छन् । यी दुवै खेलाडीले घरेलु प्रतियोगिता काउन्ट्री च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शनका साथ छनोट समितिलाई प्रभावित पारेका थिए । ब्रेसीले ४ सय ७८ रन र ओली रोबिन्सनले २९ विकेट लिएका थिए ।

मोईन अली, साम करन, जस बटलर, क्रिस वोक्स र जोनी बेयरस्टोलाई विश्राम दिएको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आइपिएल स्थगित भएपछि खेलाडी गत वैशाख २२ मा स्वदेश फर्किएका थिए । इंग्ल्यान्ड सरकारको नियम अनुसार १० दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्छ ।

न्युजिल्यान्ड र इंग्ल्यान्डबीच पहिलो टेष्ट खेल जुन २ देखि ६ सम्म लर्ड्समा हुने छ । दोस्रो टेष्ट १० जुन देखि १४ सम्म बर्मिंघम हुने छ । टेष्ट च्याम्पियनशिप जुन १८ देखि २२ सम्म साउथह्याप्टमा हुने छ । इंग्ल्यान्डले गत मार्चमा चार टेष्ट सिरिज ३–१ ले गुमाएपछि फाइनलमा पुग्नबाट बञ्जित भएको थियो ।

न्युजिल्यान्डसँग इंग्ल्यान्डको टोली : जो रुट (कप्तान), जेम्स एन्डरसन, जेम्स ब्रेसी (विकेटकिपर), स्टुअर्ट ब्रोड, रोरी बन्र्स, ज्याक क्रली, बेन फोक्स, ड्यान लरेन्स, ज्याक लेच, क्रेग ओभरटन, ओली पोप, ओली रोबिन्सन, डोम सिब्ले, ओली स्टोन र मार्क वुड ।

आइपिएल २०२१ खेलेका इंग्लिस खेलाडी

चेन्नई सुपर किंग्स : मोईन अली र साम करन

दिल्ली क्यापिटल्स : टम करन, क्रिस वोक्स र साम विलिंग्स

सनराइजर्स हैदराबाद : जेसन रोय र जोनी बेयरस्टो

राजस्थान रोयल्स : जस बटलर, लियाम लिभिङस्टोन

कोलकाता : ओईन मोर्गन

पन्जाब किग्स : क्रिस जोर्डन र डेविड मलान

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.