default_image

5 years ago

May 19, 2021

एशेज सिरिजको मिति तय

95 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको सर्वाधिक प्रतिष्ठित र लोकप्रिय एशेज टेष्ट सिरिजको मिति सार्वजनिक भएको छ । क्रिकेट अष्ट्रेलिया बोर्डले आफ्नो २०२१–२२ को अन्तर्राष्ट्रिय सिरिजको तालिका सार्वजनिक गरेको छ ।

एशेज सिरिज आगमी डिसेम्बर र जनवरीमा अष्ट्रेलियामा हुने छ । २०१९ को एशेज सिरिज २–२ को बराबरीमा सकिएको थियो । पाँच टेष्ट खेलको एशेज टेष्ट सिरिज यी दुई देशबीच सर्वाधिक लोकप्रिय प्रतिस्पर्धा हो । श्रीलंकाले घरेलु मैदानमा श्रीलंकासँग पाँच टि२० आई, न्युजिल्यान्डसँग तीन ओडिआई र एक टि२० आई पनि खेल्ने छ । अफगानिस्तान र अष्ट्रेलियाबीचको एकमात्र टेष्ट खेल नोभेम्बर २७ देखि १ डिसेम्बर सम्म चल्ने छ ।

एशेज सिरिजको खेल तालिका

डिसेम्बर ८ देखि १२ : पहिलो टेष्ट, दी गाब्बा

डिसेम्बर १६ देखि २० : दोस्रो टेष्ट, एडिलेड ओभल

डिसेम्बर २६ देखि ३० : तेस्रो टेष्ट, मेलबर्न क्रिकेट ग्राउन्ड

जनवरी ५ देखि ९ : चौथो टेष्ट, सिड्नी क्रिकेट ग्राउन्ड

जनवरी १४ देखि १८ : पाँचौं टेष्ट सिरिज, पर्थ

अष्ट्रेलिया र न्युजिल्यान्डबीच ओडिआई र टि२० सिरिज

जनवरी ३० : पहिलो ओडिआई, पर्थ

फेब्रुबरी २ : दोस्रो ओडिआई, ब्लन्डस्टोन एरेना

फेब्रुअरी ५ : तेस्रो ओडिआई, सिड्नी

फेब्रुअरी ८ : एकमात्र टि२० आई, मानुका ओभल

श्रीलंका र अष्ट्रेलियाबीच पाँच टि२० आई सिरिज

फेब्रुअरी ११ : पहिलो टि२० आई, सिड्नी क्रिकेट मैदान

फेब्रुअरी १३ : दोस्रो टि२० आई, दी गाब्बा,

फेब्रुअरी १५ : तेस्रो टि२० आई, मेट्रिकन स्टेडियम

फेब्रुअरी १८ : चौथो टि२० आई, एडिलेड ओभल

फेब्रुअरी २० : पाँचौ टि२० आई खेल, मेलबर्न क्रिकेट मैदान

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.