default_image

3 years ago

May 21, 2021

नेपालको त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने सम्भावना उच्च रहेको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना उच्च रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण क्रिकेट गतिविधि […]

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने सम्भावना उच्च रहेको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना उच्च रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण क्रिकेट गतिविधि ठप्प छ । पछिल्लो पटक नेपालले बैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो । अव नेपालले स्कटल्यान्डमा जुलाईमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम छ । कोरोना कारण हुने वा नहुने अझैं स्पष्ट छैन ।

‘स्कटल्यान्डमा हुने सिरिज जुलाई तेस्रो साता स्पेनमा हुने सम्भावना उच्च छ । हामीले पनि आफ्नो तर्फबाट आइसिसी र स्कटल्यान्डलाई सबै समस्या राखेका छौं’, चन्दले त्यसैमा थपे, ‘हाम्रो समस्या भनेको ट्राभल, क्वारेनटाइन समय, खेलाडी सङ्ख्या र अभ्यासको समय हो, एक हप्तामा उताबाट सबै निर्णय आउने आशा राखेका छौं । फाइनल केहि पनि भएको छैन ।’

‘नेपाललाई युरोपतिर रेड जोनमा राखेको हुँदा भिसा पाउने कि नपाउने भन्ने छ । भिसा पाएमा क्वारेनटाइन कति समय बस्ने भन्ने हो । क्वारेनटाइन बसेर अभ्यास गर्दा महिनादिन त लागिहाल्छ । खेलाडीको सङ्ख्या कम्तिमा १८ हुनुपर्ने माग गरेका छौं । उनीहरुको हालसम्म जवाफ पनि सकारात्मक पाएका छौं । समयै सिरिज भएमा स्पेनमा हुने सम्भावना धेरै छ’, चन्दले हाम्रो खेलकुदसँग भने ।

त्यसैमा उनले थपे, ‘एक हप्तामा निर्णय आउँछ । किनभने हामीसँग समय छैन । प्रशिक्षक बोलाउनु पर्ने हुन्छ । १५ दिन अगाडि जानु पनि पर्छ ।’ प्रशिक्षक देभ ह्वाटमोर अघिल्लो महिना श्रीलंका फर्कि सकेका छन् । ह्वाटमोर नेपालको अन्तर्राष्ट्रिय खेल भएमा मात्र नेपाल फर्किने छन् । आइसिसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरी सम्म चल्ने छ ।

सात टोली सहभागि सबै टोलीले होम अबे त्रिकोणात्मक सिरिज खेल्ने छन् । एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । शीर्ष तीन टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ । क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन् ।

२०१९ देखि सुरु भएको आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले एक मात्र त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले गतवर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो । जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो । नेपालमा पछिल्लो समय दैनिक ९ हजार भन्दा बढी कोरोना संक्रमण उच्च रुपमा बढी छ । तत्काल घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय खेल नेपालमा हुने सम्भावना छैन ।

अंक तालिका

नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स (युएई) ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.