default_image

3 years ago

May 23, 2021

श्रीलंकालाई बंगलादेशको मध्यम लक्ष्य

एजेन्सी – बंगलादेशले श्रीलंकालाई पहिलो ओडिआई खेलमा २ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । शेर बंगला नेशनल स्टेडियम मीरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । बंगलादेशका विकेटकिपर तथा अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमले ८७ बलमा ४ चौका र १ छक्का […]

85 views

0 Bookmark

एजेन्सी – बंगलादेशले श्रीलंकालाई पहिलो ओडिआई खेलमा २ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । शेर बंगला नेशनल स्टेडियम मीरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । बंगलादेशका विकेटकिपर तथा अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमले ८७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए ।

दोस्रो ओभरको तेस्रो बलमै ओपनर लिटन दासलाई बंगलादेशले शून्यमा गुमाएको थियो । लिटन तीव्र गतिका बलर दुश्मंता चमीराको बलमा एज लाग्दै फस्ट स्लिपमा धनञ्य डी शिल्भाबाट समातिन पुगेका थिए । १३ औं ओभरको पहिलो बलमा सकिब अल हसन ठुलो सट खेल्ने धुनमा लङअनमा १५ रनमा पाथुम निसांकाबाट समातिन पुगे ।


कप्तान तमिम इकबाल धनन्जय डी शिल्भाको २३ औं ओभरको अन्तिम बलमा ५२ रनमा एलबिडब्लू आउट हुन पुगे । तमिमले ७० बलमा ६ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा मोहम्मद मिथुन शून्यमा एलबिडब्लू आउट हुँदा बंगलादेश २३ ओभरमा ९९–४ को कमजोर अवस्थामा पुगेको थियो । ९९–४ को अवस्थामा रहेको बंगलादेशलाई पाँचौ विकेटका लागि मुश्फिकुर र महमुदूल्लाहले १ सय २२ बलमा १ सय ९ रनको शतकीय साझेदारीका साथ इनिङ उकासेका थिए ।

महमुदूल्लाह रियादले ७६ बलमा २ चौका र १ छक्का सहित ५४ रन जोडे । तल्लोक्रममा अफिफ हुसैन २७ र मोहम्मद सैफुद्दीन १३ रनमा अविजित रहे । स्पिनर धनञ्जय डी शिल्भाले १० ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । दुश्मंता चमिरा, दनुष्का गुनातिलका र लक्षन रंगिकाले १–१ विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.