default_image

5 years ago

May 23, 2021

मेहदी र मुस्ताफिजुर चम्कँदा बंगलादेश विजयी

172 views

0 Bookmark

एजेन्सी – स्पिनर मेहदी हसन र तीव्र गतिका बलर मुस्ताफिजुर रहमान चम्कँदा बंगलादेशले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ३३ रनले पराजित गरेको छ । जितको लागि २ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४८.१ ओभरमा २ सय २४ रनमा अल आउट भयो ।

श्रीलंका तल्लोक्रमका वानिन्दु हसरंगाले ६० बलमा ३ चौका ५ छक्का सहित सर्वाधिक ७४ रनको इनिङ खेलेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो । आठौं विकेटका लागि हसरंगा र इसुरु उडानाले ६२ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए । तर मोहम्मद सैफुद्दीनको ४४ औं ओभरको अन्तिम बलमा ठुलो सट खेल्नेक्रममा हसरंगा अफिफ हुसैनबाट क्याच आउट भएपछि जितको सम्भावना टाढिएको थियो । लगत्तै अर्को ओभरको पहिलो बलमा इसुरु उडाना २१ रनमा क्याच आउट भएपछि अन्तिम आशा समाप्त भएको थियो ।

ओपनर दनुष्का गुनातिलका २१, कप्तान कुसल परेरा ३०, पाथुम निसकां ८ र कुशल मेन्डिस २४ रनमा आउट भए । पाँचौं ओभरको अन्तिम बलमा मेहदीले ओपनर दनुष्कालाई कट एण्ड बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । युवा ब्याट्सम्यान पाथुमलाई मुस्ताफिजुर रहमानले अफिफबाट आठौं ओभरको चौथो बलमा क्याच आउट गराए । १९ औं ओभरको पहिलो बलमा सकिब अल हसनले कुसल मेन्डिसलाई मेहदीबाट क्याच गराएपछि मध्यम लक्ष्य पछ्याएको श्रीलंका दबाबमा परेको थियो ।

२२ औं ओभरको तेस्रो बलमा मेहदीले कप्तान कुसल परेरालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । तल्लोक्रमका ब्याट्सम्यानले पनि क्रिजमा टिकेर रन बनाउन सकेनन् । अशेन बन्डारा ३ र दसुन शनका १४ रनमा बोल्ड आउट भए ।

बंगलादेशका स्पिनर मेहदी हसन मिराजले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोहम्मद सैफुद्दीनले २ र सकिबले १ विकेट लिए ।

त्यसअघि शेर बंगला नेशनल स्टेडियम मीरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो । बंगलादेशका विकेटकिपर तथा अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमले ८७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए ।

दोस्रो ओभरको तेस्रो बलमै ओपनर लिटन दासलाई बंगलादेशले शून्यमा गुमाएको थियो । लिटन तीव्र गतिका बलर दुश्मंता चमीराको बलमा एज लाग्दै फस्ट स्लिपमा धनञ्य डी शिल्भाबाट समातिन पुगेका थिए । १३ औं ओभरको पहिलो बलमा सकिब अल हसन ठुलो सट खेल्ने धुनमा लङअनमा १५ रनमा पाथुम निसांकाबाट समातिन पुगे ।

कप्तान तमिम इकबाल धनन्जय डी शिल्भाको २३ औं ओभरको अन्तिम बलमा ५२ रनमा एलबिडब्लू आउट हुन पुगे । तमिमले ७० बलमा ६ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा मोहम्मद मिथुन शून्यमा एलबिडब्लू आउट हुँदा बंगलादेश २३ ओभरमा ९९–४ को कमजोर अवस्थामा पुगेको थियो । ९९–४ को अवस्थामा रहेको बंगलादेशलाई पाँचौ विकेटका लागि मुश्फिकुर र महमुदूल्लाहले १ सय २२ बलमा १ सय ९ रनको शतकीय साझेदारीका साथ इनिङ उकासेका थिए ।

महमुदूल्लाह रियादले ७६ बलमा २ चौका र १ छक्का सहित ५४ रन जोडे । तल्लोक्रममा अफिफ हुसैन २७ र मोहम्मद सैफुद्दीन १३ रनमा अविजित रहे । स्पिनर धनञ्जय डी शिल्भाले १० ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । दुश्मंता चमिरा, दनुष्का गुनातिलका र लक्षन रंगिकाले १–१ विकेट लिए । तीन ओडिआई सिरिजमा बंगलादेशले १-० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.