default_image

5 years ago

May 24, 2021

न्युजिल्यान्डले भारतलाई हराउँदै टेष्ट च्याम्पियनशिप जित्ने तीन आधार

174 views

0 Bookmark

एजेन्सी– आइसिसी विश्व टेष्ट च्याम्पियनशिप २०१९/२१ को फाइनल जुन १८ देखि २२ सम्म इंग्ल्यान्डको साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच हुँदैछ । नौ देशबीच दुई वर्ष चलेको प्रतियोगितामा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा उपाधिको लागि भिड्न लागेका हुन् ।

गत वर्ष दुई टेष्ट सिरिजमा न्युजिल्यान्डले घरेलु मैदानमा भारतमाथि क्लिनस्विप गरेको थियो । उक्त सिरिजमा न्युजिल्यान्ड पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । न्युजिल्यान्ड उच्च मनोबलका साथ फाइनल खेल्ने छ । भारत उक्त हारको बदला लिँदै उपाधि जित्न चाहन्छ ।

पछिल्लो पटक अष्ट्रेलिया र इंग्ल्यान्डसँगको टेष्ट सिरिजमा उत्कृष्ट जितका साथ फाइनलमा स्थान बनाएको भारतलाई न्युजिल्यान्डविरुद्ध भने सहज हुने छैन । विश्व टेष्ट वरियता शीर्ष यी दुई टोलीबीच फाइनल कडा हुने अपेक्षा गरिएको छ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डले भारतलाई हराउँदै आइसिसी विश्व टेष्ट च्याम्पियनशिपको उपाधि जित्न सक्ने तीन आधार यस प्रकार छन् ।

३. उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण

तीव्र गतिको बलिङ आक्रामण न्युजिल्यान्डको मुख्य हतियार हो । न्युजिल्यान्डसँग अनुभवी तीव्र गतिका बलर निल वाग्रर, ट्रेन्ट बोल्ट, टिम साउथी र काइल जामिसन ‘म्याच विनर’ बलर छन् । वाग्रर विश्व टेष्ट वरियतामा बलिङतर्फ तेस्रो स्थानमा छन् । वर्तमान समयमा बोल्ट र साउथीको जोडि विश्वकै एक उत्कृष्ट प्रर्दछन् ।

काइल जामिसन र कोलिन डि ग्रान्डहोम उत्कृष्ट अलराउन्डर हुन् । जामिसनले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गतवर्ष भारतविरुद्ध टेष्टमा डेब्यू गरेका जामिसनले ६ खेलमा ३६ विकेट चट्काई सकेका छन् । गत जनवरीमा पाकिस्तानविरुद्ध जामिसनले दोस्रो टेष्टमा पहिलो इनिङमा ५ र दोस्रोमा ६ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

बोल्ट गतिसँगै स्वीङका लागि माहिर छन् । बायाँ हाते वाग्रर न्युजिल्यान्डका टेष्ट विशेष बलर हुन् । यस प्रतियोगितामा साउथीले १० खेलमा ५१ विकेट लिएका छन् । बोल्टले ९ खेलमा ३४, जामिसनले ६ खेलमा ३६ र निल वाग्ररले ७ खेलमा ३२ विकेट लिएका छन् ।

साउथह्याप्टन मैदान पनि तीव्र गतिको बलर सहयोगी मानिन्छ । साउथह्याप्टनमा सर्वाधिक विकेट लिने कीर्तिमान इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनको नाममा छ । एन्डरसनले ६ खेलमा २६ विकेट लिएका छन् । इंग्यान्डकै मोइन अलीले २ खेलमा १७, स्टुअर्ट ब्रोडले ५ खेलमा १६ र वेस्टइन्डिजका शेनन ग्याब्रियलले ९ विकेट लिएका छन् । न्युजिल्यान्डको दर्बिलो बलिङ आक्रामण सामू भारतीय ब्याट्सम्यानलाई कठिन पर्ने देखिन्छ ।

२.फाइनल अघि न्युजिल्यान्डको राम्रो तयारी

न्युजिल्यान्डले फाइनलअघि घरेलु टोली इंग्ल्यान्डसँग दुई टेष्ट खेल खेल्ने कार्यक्रम छ । भारत भने जुन दुईमा इंग्ल्यान्डतर्फ लाग्ने छ । १० दिन क्वारेनटाइनको बसाइपछि भारतले अभ्यासको लागि एक हप्ताको समय पाउने छ । तर न्युजिल्यान्डले इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्ने छ । न्युजिल्यान्डले इंग्ल्यान्ड पहिलो टेष्ट जुन दुईमा लर्डसमा खेल्ने छ । दोस्रो टेष्ट १० जुनमा खेल्ने छ ।

यी दुई टेष्ट खेलले न्युजिल्यान्ड आफ्नो तयारी सकाउने छ । बलियो टोली इंग्ल्यान्डसँग दुई टेष्ट नतिजाबाट न्युजिल्यान्डले आफ्नो थप कमजोरी पत्ता लाउँदै सुधार गर्ने अवसर पाउने छ । यता भारतीय खेलाडी इन्डियन प्रिमियर लिग (आइपिएल) लगत्तै टेष्ट खेल खेल्ने छन् । टि२० बाट टेष्ट शैलीमा खेल्न थप कठिनाई हुन सक्छ ।

१. विलियम्सनको कप्तानी र उच्च लय

कुनैपनि टोली उत्कृष्ट मात्र भएर च्याम्पियन बन्दैन । कप्तानको कप्तानी गुण र क्षमता पनि त्यतिनै सर्वोत्कृष्ट हुनुपर्छ । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट कप्तान विलियम्सन न्युजिल्यान्डको सफलता प्रमुख खम्बा हुन् । विलियम्सनको नेतृत्वमा न्युजिल्यान्डले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । क्रिकेटमा नेतृत्व निकै महत्वपूर्ण हुन्छ । नेतृत्वको कारणनै हार जित र जित हारमा परिणत हुन सक्छ ।

प्लेइङ ११ छनोट, ब्याटिङक्रम, बलिङ परिवतर्न, कठिन समयमा लिने निर्णय लगायत धेरै कुरामा कप्तानको बढी हात हुन्छ । जसमा विलियम्सन अब्बल मानिन्छन् । विलियम्सन संयम रहँदै आफ्ना खेलाडीलाई दबाबमा पनि हाँसोका साथ उर्जा र प्रेरणा प्रदान गर्दछन् । विलियम्सनको कप्तानीमा २०१९ को एकदिवसिय विश्वकपमा उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा पुगेको थियो । विलियम्सन जिम्मेवारीका साथ कप्तानी इनिङ खेल्ने गर्दछन् ।

विपक्षी बलर र खेलाडीलाई उच्च प्रदर्शन गर्दै दबाबमा राख्नुको साथै निराश बनाउन छन् । विलियम्सनले पछिल्ला तीन मध्य दुई टेष्टमा दोहोरो र एक शतक हानेका छन् । गत डिसेम्बरमा वेस्टइन्डिजविरुद्ध २ सय ५१ र पाकिस्तानविरुद्ध १ सय २९ रनको इनिङ खेलेका थिए । पाकिस्तानसँगको दोस्रो टेष्टमा २ सय ३८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । विलियम्सनको लय र उत्कृष्ट कप्तानीको सहयोगमा न्युजिल्यान्डले भारतलाई हराउँदै उपाधि जित्न सक्छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.