default_image

3 years ago

May 25, 2021

क्रिकेट खेलाडीको नयाँ केन्द्रिय सम्झौतामा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले २०२१ को ६ महिना सकिन लाग्दा पनि खेलाडीको नयाँ ग्रेड विभाजन र केन्द्रिय सम्झौता सार्वजनिक गर्न सकेको छैन । २०२० मा ६ महिनाको लागि खेलाडीसँग केन्द्रिय सम्झौता गरेको क्यानले त्यसबेलाको पूरा तलब दिइसकेको छ । क्यानले गत वर्ष कोरोना महामारी कारण देखाउँदै ६ महिनाको लागि मात्र […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले २०२१ को ६ महिना सकिन लाग्दा पनि खेलाडीको नयाँ ग्रेड विभाजन र केन्द्रिय सम्झौता सार्वजनिक गर्न सकेको छैन । २०२० मा ६ महिनाको लागि खेलाडीसँग केन्द्रिय सम्झौता गरेको क्यानले त्यसबेलाको पूरा तलब दिइसकेको छ ।

क्यानले गत वर्ष कोरोना महामारी कारण देखाउँदै ६ महिनाको लागि मात्र सुरुवाती सम्झौता गर्दै र पछि नयाँ सार्वजनिक हुने जनाएको थियो । तर त्यसै ग्रेड विभाजनको आधारमा २०२० को तलब खेलाडीलाई भुक्तानी गरेको छ । नयाँ वर्ष २०२१ को भने क्यानले सार्वजनिकनै गर्न सकेको छैन ।

गत वर्ष क्यानले पुरुषको ग्रेड ए मा रहने खेलाडीलाई मासिक ५० हजार, बी लाई ४० र सी लाई ३० हजारको दरले तलब निर्धारण गरेकोे थियो । यता महिला खेलाडीलाई पहिलो पटक ग्रेडमा समावेश गर्दै ए ग्रेडमा हरेकलाई १५ हजार, बी लाई १२ हजार र सी लाई १० हजारको दरले तलब दिएको थियो ।

सुरुवाती समय ग्रेड विभाजनमा चर्को आलोचना खेपेको क्यानले पछि कप्तान र प्रशिक्षक राख्दै केहि सुधार गरेको थियो । २०२१ मा ग्रेड सार्वजनिक नहुँदा खेलाडीले तलब पाउन सकेका छैनन् । गत चैतमा क्यान बोर्ड बैठकले मे १५ सम्म १८/१८ महिला र पुरुष खेलाडी सेन्ट्रल कन्ट्राक्ट (केन्द्रिय सम्झौता) निर्धारण गर्दै प्रतिवेदन पेश गर्न प्रशान्त विक्रम मल्ल, राजुबाबु श्रेष्ठ र सञ्जय राजसिंह गरि तीन सदस्य समिति गठन गरेको थियो ।

समितिले दुई जना एक्स्पर्ट समितिमा आमन्त्रण गर्ने जनाएको थियो । तर क्यानले दिएको समय दुई हप्ता सकिँदा छनोट समितिले प्रतिवेदननै बुझाएको छैन । प्रतिवेदन बढीमा तीन हप्तामा बुझाई सक्ने तयारी गरेको छ । एक्स्पर्टको रुपमा पूर्व कप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास रहने लगभग निश्चित जस्तै छ ।

‘वर्गिकरण बारे मापदण्ड बनाएर अघि बढ्ने तयारीमा छौं । यसै हप्ताभित्र हामी तीन जना सहित विनोदलाई बोलोएर खेलाडी वर्गिकरणको एउटा मापदण्ड बनाउने छौं । सम्भवत १०–१५ दिनमा हामीले क्यानलाई प्रतिवेदन बुझाउने छौं’, वर्गिकरण समितिका सदस्य प्रशान्तले हाम्रो खेलकुदसँग भने ।

यो महिनाभित्र अन्तर्राष्ट्रिय र घरेलु दुवै प्रतियोगिताको प्रदर्शन हेरेर खेलाडी वर्गिकरण सार्वजनिक हुन सक्ने मल्ल बताउँछन् । ‘अन्तर्राष्ट्रियको लागि एउटा निश्चित मापदण्ड बनाउने छौं । टोलीमा प्रदर्शन कस्तो छ भन्ने कुरानै मुख्य हो । अर्कोतर्फ धेरै प्रतियोगितानै भएको छैन । न्यायपूर्ण रुपले ग्रेड सार्वजनिक गर्ने छौं’, उनले भने ।

घरेलु प्रदर्शन पनि त्यति नै महत्त्वपूर्ण हुने प्रशान्त बताउँछन् । ‘घरेलु प्रदर्शनको आधारमा अन्तर्राष्ट्रिय खेल नखेलेका खेलाडी राख्न मिल्दैन । केन्द्रिय सम्झौता भनेकोनै अन्तर्राष्ट्रिय खेलेकोलाई दिने हो । अन्तर्राष्ट्रिय टिममा परिरहेका अर्थात पर्ने बाहिरिने गरेका खेलाडीहरुको घरेलु प्रदर्शन हेरिने छ’, उनले भने ।

मल्लले अन्तर्राष्ट्रिय नखेलेकोलाई नराख्ने भन्दा गतवर्ष महिलातर्फ नेपालबाट नखलेका खेलाडी समावेश थिए । २०१९ डिसेम्बर १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि महिला टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यो अवस्थामा पछिल्लो समय खेलेका दुई घरेलु प्रतियोगिता प्रधानमन्त्री कप र ललितपुर मेयर च्याम्पियनसिप प्रदर्शनको आधारमा मान्ने देखिन्छ ।

यता पुरुष टोलीले पछिल्लो एक वर्षमा अघिल्लो महिना त्रिकोणात्मक टि२० सिरिजसँगै दुई घरेलु प्रतियोगिता खेलेको थियो । पुरुष टोलीले प्रधानमन्त्री कप र काठमाडौं मेयर कप खेलेको थियो । कोरोना कारण स्थगित नभए नेपालले जुलाई तेस्रो साता स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने कार्यक्रम छ । स्कटल्यान्डमा हुने उक्त सिरिज स्पनेमा आयोजना सम्भावना छ ।

केन्द्रिय सम्झौता २०२१ सार्वजनिक हुन अझै ढिला हुने सम्भावना देखिन्छ । उक्त समितिले बुझाएको प्रतिवेदन क्यानको केन्द्रिय बोर्ड बैठक मार्फत पारित भएपछि मात्र सार्वजनिक हुने छ । कोरोना कारण तत्काल केन्द्रिय बोर्ड बैठकको सम्भावना कम छ । भर्चुअल (अनलाइन) को माध्यमबाट भने हुनसक्छ । तर सुस्त क्यानको त्यो सम्भावना कम छ । समग्रमा हेर्दा केन्द्रिय सम्झौता सार्वजनिक हुन अझै समय लाग्ने देखिन्छ ।

२०२० को केन्द्रिय सम्झौताका खेलाडीहरु

पुरुष ग्रेड :

ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सोमपाल कामी ।

ग्रेड बी : सुशन भारी, आरिफ शेख, पवन सरार्फ, अभिनाश बोहोरा र ललित नारायण राजवंशी ।

सी ग्रेड : सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी र सन्दीप जोरा

महिला ग्रेड :

ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी

बी ग्रेड : ज्योति पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ, सरस्वती चौधरी सरिता मगर

सी ग्रेड : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, सुमन खतिवडा र ममता चौधरी ।

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

Success

Thank you for your time.