default_image

5 years ago

May 25, 2021

सन्दीपले नाइट राइडर्सबाट खेल्ने

171 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२१ मा ट्रीनबेगो नाइट राइडर्सबाट खेल्ने भएका छन् ।

सिपिएलले नेपाली युवा स्टार सन्दीपले साविक विजेता काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको छ । गतवर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो ।

सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको छ । गतवर्ष सन्दीपले जमैकाबाट सिपिएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले गतवर्ष ९० हजार अमेरिकी डलर अर्थात एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।

जमैकाले २०२१ को लागि टोलीमा अलराउन्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तीव्र गतिका बलर फिडेल एडवार्ड्स, विकेटकिपर चाडविक वाल्टन, स्पिनर वीरस्वामी पेर्माउल र अमेरिकी स्पिनर रयान पर्सौदलाई टोलीमा अनुबन्ध गर्दा अन्यलाई फुकुवा गरेको थियो । सन्दीप पनि फुकुवा सुचिमा परेका थिए ।

नाइट राइडर्समा कप्तान पोलार्ड सहित सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, ड्वेन ब्राभो, अली खान, सिकन्दर राजा लगायतका खेलाडी छन् । ड्राफ्ट आगमी बुधबार हुने बताइएको छ । सिपिएल २०२१ आगमी अगष्ट २८ देखि १९ सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नर्भिसमा हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.