5 years ago
May 25, 2021
एजेन्सी – बंगलादेशले दोस्रो ओडिआई खेलमा श्रीलंकालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई सिरिज घरेलु टोली बंगलादेशले एक खेल अगावै २–० ले जितेको हो । बंगलादेशले श्रीलंकामाथि द्विपक्षीय कुनैपनि सिरिज पहिलो पटक जितेको हो ।

जितको लागि २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । ५० ओभरमा जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ३८ ओभरमा वर्षाको कारण १२६–९ को अवस्थामा रोकिँदा पछि श्रीलंकाले डकवर्थ लेविस पद्धतीको आधारमा उक्त लक्ष्य पाएको थियो । श्रीलंका इसुरु उडाना १७ बलमा २ छक्का सहित १८ रनमा अविजित रहे ।
श्रीलंका ओपनर दनुष्का गुनाथिलकाले ४६ बलमा २ चौका सहित सर्वाधिक २४ रन बनाए । कप्तान कुशल परेरा १४, पाथुम निसांका २०, कुशल मेन्डिस १५, धनञ्जय डी शिल्भा १०, अशेन बान्डरा १५ र दसुन शनका ११ रनमा आउट भए । बंगलादेशका स्पिनर मेहेदी हसन मिराज १० ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सकिब अल हसनले २ र शोरिफुल इस्लामले १ विकेट लिए ।
त्यसअघि शेर बंगला स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश ४८.१ ओभरमा २ सय ४६ रनमा अल आउट भएको थियो । बंगलादेशका मुश्फिकुर रहिमले १ सय २७ बलमा १० चौका सहित सर्वाधिक १ सय २५ रनको शतकीय इनिङ खेले । मुश्फिकुर बाहेक अन्य ब्याट्सम्यानले ठुलो इनिङ खेल्न सकेनन् । मुश्फिकुरले १ सय १४ बलमा आफ्नो ओडिआई करिअरको आठौं शतक पूरा गरेका थिए । दोस्रो ओभरको पहिलो बलमै ओपनर तथा कप्तान तमिम इकबाललाई तीव्र गतिका बलर दुश्मन्था चामिराले १३ रनमा एलबिडब्लू आउट गरेका थिए । चामिराले तीन बलपछि सकिब अल हसनलाई एलबिडब्लू आउट गर्दै शून्यमा फर्काए ।

१२ औं ओभरको पहिलो बलमा लक्षन सन्दकनले लिटन दासलाई २५ रनमा वानिन्दु हसरंगाबाट क्याच आउट गराउँदा बंगलादेश ४९–३ को कमजोर अवस्थामा पुगेको थियो । दासले ४२ बलमा दुई चौका प्रहार गरे । सन्दकनले मोद्दासेक होसैनलाई १० र महमुदूल्लाहलाई ४१ रनमा कप्तान कुसल परेराबाट क्याच गराउँदै दबाबमा राखेका थिए । महमुदूल्लाहले ५८ बलमा २ छक्का र १ चौका प्रहार गरे । तल्लोक्रममा अफिफ हुसैन १०, मेहिदी हसन शून्य र मोहम्मद सैफुद्दीन ११ रनमा आउट भए ।
श्रीलंका लक्षन सन्दकनले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । दुश्मन्था चामिराले ९।१ ओभरमा २ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । इसुरु उडानाले २ र वानिन्दु हसरंगाले १ विकेट लिए । पहिलो खेलमा बंगलादेश ३३ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]