default_image

5 years ago

May 26, 2021

सन्दीपलाई इंग्ल्यान्डको भिसा पाउनै कठिन

170 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि२० ब्लास्ट र द हन्ड्रेड २०२१ प्रतियोगिता खेल्नको लागि भिसा पाउनै कठिन हुँदा गुमाउने सम्भावना बढेको छ ।

सन्दीपले वोर्सेस्टरशायरबाट टि२० ब्लास्ट खेल्ने छन् । टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ । तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । केहि विशेष उडान भइरहेको भएपनि भिषा नै नहुँदा उनको प्रस्थानमा प्रश्न उठेको छ ।

सन्दीपले द हन्ड्रेड प्रतियोगिता ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुने छ । टि२० ब्लास्टको मिति नजिकिँदै गर्दा सन्दीपले अझै सम्म भिसा भने पाएका छैनन् । भिसा नपाउँदा सन्दीपले ट्वीटरमा प्रतियोगिता गुमाउन सक्ने चिन्ता व्यक्त गर्दै एक पोष्ट गरेका छन् ।

‘मैले टि२० ब्लास्ट र द हन्ड्रेड खेल्नको लागि इंग्ल्यान्डको भिसाको लागि आवेदन दिएको झण्डै एक महिना भयो । मेरो उडान समय नजिक आउँदै छ । मैले अफिसमा फोन गरेर जानकारी लिइ रहेको छु । तर स्पष्ट कुनै जानकारी पाएको छैन । मलाई थाहा छ यो कठिन समय हो’, सन्दीपले मंगलबार मध्यरातमा एक ट्वीट गर्दै भनेका छन् ।

इंग्ल्यान्ड सरकारले विदेशबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेनटाइमा राख्ने गर्दछ । जसमा दुई पटक कोरोना परिक्षण गर्नुपर्ने हुन्छ । नेपालमा पछिल्लो समय तीव्र रुपमा कोरोना संक्रमण दर बढेको छ । दैनिक नेपालमा ९ हजार बढी संक्रमित बढी रहेका छन् ।

तत्काल अन्तर्राष्ट्रिय उडान खुलाउने कुनै सम्भावना देखिदैन । सन्दीप यो अवस्थामा च्यार्टर्ड विमानमार्फत इंग्ल्यान्ड जान सक्छन् । सन्दीपले इंग्ल्यान्डमा पहिलो पटक व्यावसायिक फ्रेन्चाइज क्रिकेट लिन खेल्न लागेका हुन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.