default_image

5 years ago

May 26, 2021

मोजामा चिप्लिएर घाइते भएपछि..

170 views

0 Bookmark

एजेन्सी – कुनैपनि क्रिकेटर घाइते हुने कारण के हुन्छ होला ? जो कोहीको उत्तर खेल वा अभ्यासको क्रममा फिल्डिङ, ब्याटिङ वा बलिङ गर्ने क्रममा मैदानमा भन्ने पाइन्छ ।

तर आश्चर्य भनौं वा दुर्भाग्य इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स खुट्टामा लगाउने मोजामा चिप्लिएर घाइते हुन पुगेका छन् । फोक्स ड्रेसिङ रुमको भुइँमा रहेको मोजामा चिप्लिएर लड्दा इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट बाहिरिनु परेको छ । लड्ने क्रममा ह्यामस्ट्रीङ मांशपेसीमा चोट लागेपछि उनले विश्राम गर्नुपर्ने भएको हो ।

न्युजिल्यान्डसँग दुई टेष्ट सिरिज खेल्ने तयारीमा रहेको इंग्ल्यान्डले बेन फोक्स घाइते भएपछि साम बिलिंग्स र हसीम हमीदलाई टोलीमा समेटेको छ । इंग्ल्यान्ड क्रिकेट बोर्डले अनुसार फोक्स आइतबार काउन्ट्री च्याम्पियनशिपमा सर्रेबाट मिडलसेक्सविरुद्ध खेलकोक्रममा ड्रेसिङ रुममा मोजामा चिप्लिदा बायाँ खुट्टा ह्यामस्ट्रिंग चोट लागेपछि इंग्ल्यान्डको टोलीबाट बाहिरिएका छन् ।

२८ वर्षिय फोक्स तीन महिना बाहिर रहने छन् । फोक्स एशेज सिरिजमा फर्कन सक्ने आशा इंग्ल्यान्डले राखेको छ । फोक्सको अनुपस्थीतिमा इंग्ल्यान्डको विकेटकिपर २४ वर्षिय युवा ब्याट्सम्यान जेम्स ब्रेसीले डेब्यू गर्ने सम्भावना बढेको छ । साम बिलिंग्स पनि विकल्पमा छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेलेका सबै खेलाडीलाई इंग्यान्डले विश्राम दिएको थियो । बिलिंग्स दिल्ली क्यापिटल्समा अनुबन्धित थिए । हमीद इंग्ल्यान्डको टोलीमा सन् २०१६ पछि पहिलो पटक परेका छन् । हमीदले २०१६ मा भारतविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । यता साम बिलिंग्स सिमित ओभरमा पछिल्लो समय पहिलो रोजाईमा खेल्दै आएपनि टेष्टमा भने डेब्यू गरेका छैनन् ।

आइसिसी विश्व टेष्ट च्याम्पियनशिप अघि न्युजिल्यान्डले इंग्ल्यान्डसँग तयारी स्वरुप दुई टेष्ट खेल खेल्ने छ । पहिलो टेष्ट जुन २ र दोस्रो जुन १० देखि सुरु हुने छ । टेष्ट च्याम्पियनशिपको फाइनलमा भारत र न्युजिल्यान्डबीच जुन १८ मा साउथह्याप्टमा हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.