default_image

3 years ago

May 28, 2021

कप्तान कुशलको शतकमा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – ओपनर तथा कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई २ सय ८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । श्रीलंका कप्तान कुशल पेरेराले १ सय २२ बलमा ११ चौका र […]

38 views

0 Bookmark

एजेन्सी – ओपनर तथा कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई २ सय ८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनायो ।

श्रीलंका कप्तान कुशल पेरेराले १ सय २२ बलमा ११ चौका र १ छक्का सहित सर्वाधिक १ सय २० रनको शतकीय इनिङ खेले । कुशलको यो ओडिआई करिअरको छैटौं शतक हो । कुशलले ९९ बलमा शतक पूरा गरेका थिए । मुस्ताफिजुर रहमानको ३२ औं ओभरको पाँचौं बलमा ९९ सय रनमा महमुदूल्लाहले क्याच ड्रप गर्दै जीवनदान दिँदा अर्को बलमा एक रनका साथ शतक पूरा गरेका थिए । कुशलले त्यसअघि ७९ रनमा पनि क्याच ड्रपका कारण जीवनदान पाएका थिए । दुइ जीवनदानको फाइदा उठाउँदै शतकीय कप्तानी इनिङ खेलेका थिए ।


ओपनर कुशल र दनुष्का गुनाथिलका ११.२ ओभरमा ८२ रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर तस्किन अहमदको बलमा ठूलो सट खेल्नेधुनमा गुनाथिलका ३९ रनमा बोल्ड आउट हुन पुगे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा एज लागेर युवा ब्याट्सम्यान पाथुम निसांका शून्यमा पेभिलिएन फर्किए । तेस्रो विकेटका लागि उपकप्तान कुशल मेन्डिस र कप्तान कुशलले ६९ रनको साझेदारी गरेका थिए ।

तस्किनको २६ औं ओभरको दोस्रो बलमा मेन्डिस तमिम इकबालबाट २२ रनमा क्याच आउट हुन पुगे । ३६ बल खेलेका मेन्डिसले १ छक्का प्रहार गरे । चौथो विकेटका लागि धनञ्जय डी शिल्भा र कुशल पेरेराले ६५ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।
शोरिफुल इस्लामको बलमा ठूलो सट खेल्नेक्रममा पेरेरा महमुदूल्लाहबाट क्याच आउट हुन पुगेका थिए । निरोसन डिक्वेला ७ रनमा रन आउट भए । वानिन्दु हसरंगा १८ रनमा क्याच आउट भए । धनञ्जय ७० बलमा ४ चौका सहित ५५ रनमा अविजित रहे । डेब्यु खेल खेलेका रमेश मेन्डिस ६ बलमा १ छक्का सहित ८ रनमा अविजित रहे ।


बंगलादेशका तीव्र गतिका बलर तस्किन अहमदले ९ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । शरिफुल इस्लामको नाममा १ विकेट रह्यो ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.