default_image

5 years ago

May 28, 2021

चामिरा घातक बलिङमा बंगलादेशमाथि श्रीलंका सानदार जित

196 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङ र कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई ९७ रनले पराजित गरेको छ । यो जितसँगै तीन ओडिआई सिरिजमा श्रीलंका क्लिनस्विप हुनबाट बचेको छ ।

जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.३ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । बंगलादेशका महमुदूल्ला रियादले ६३ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ५३ रनको योगदान दिए । युवा ब्याट्सम्यान मोसाद्देक होसैनले ७३ बलमा ३ चौका र १ छक्का सहित ५१ रन जोडे ।

शीर्षक्रम र तल्लोक्रम चामिराले धरासय बनाएपछि बंगलादेशले फराकिलो हार बेहोर्नु परेको हो । चामिराले दोस्रो ओभरको पहिलो बलमा ओपनर मोहम्मद नइमलाई एक रनमा कुशल मेन्डिसबाट क्याच आउट गराएका थिए । चौथो ओभरको दोस्रो बलमा चामिराले सकिब अल हसनलाई चार रनमा रमेश मेन्डिसबाट क्याच आउट गराए । चामिराले दशौँ ओभरको तेस्रो बलमा कप्तान तमिम इकबाललाई १७ रनमा विकेटकिपर निरोशन डिक्वेलाबाट क्याच गराउँदा बंगलादेश २८–३ को कमजोर अवस्थामा पुगेको थियो ।

डेब्यू खेल खेलेका स्पिनर रमेश मेन्डिसले अनुवभी तथा प्रमुख ब्याट्सम्यान मुश्फिकुर रहिमलाई २८ रनमा धनञ्जय डि शिल्भाबाट क्याच गराएपछि बंगलादेशको जित कठिन बनेको थियो । मेहदी हसन र तस्किन अहमदलाई शून्यमा आउट गर्दै चामिराले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए । अफिफ हुसैनले १६ रन बनाए ।


श्रीलंका तीव्र गतिका बलर दुश्मन्था चामिराले ९ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ५ विकेट लिए । वानिन्दु हसरंगा र रमेश मेन्डिसले २–२ विकेट लिए । बिनुरा फ्रर्नान्डोको नाममा १ विकेट रह्यो ।

त्यसअघि ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो। श्रीलंका कप्तान कुशल पेरेराले १ सय २२ बलमा ११ चौका र १ छक्का सहित सर्वाधिक १ सय २० रनको शतकीय इनिङ खेले । कुशलको यो ओडिआई करिअरको छैटौं शतक हो । कुशलले ९९ बलमा शतक पूरा गरेका थिए । मुस्ताफिजुर रहमानको ३२ औं ओभरको पाँचौं बलमा ९९ सय रनमा महमुदूल्लाहले क्याच ड्रप गर्दै जीवनदान दिँदा अर्को बलमा एक रनका साथ शतक पूरा गरेका थिए । कुशलले त्यसअघि ७९ रनमा पनि क्याच ड्रपका कारण जीवनदान पाएका थिए । दुइ जीवनदानको फाइदा उठाउँदै शतकीय कप्तानी इनिङ खेलेका थिए ।

ओपनर कुशल र दनुष्का गुनाथिलका ११।२ ओभरमा ८२ रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर तस्किन अहमदको बलमा ठूलो सट खेल्नेधुनमा गुनाथिलका ३९ रनमा बोल्ड आउट हुन पुगे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा एज लागेर युवा ब्याट्सम्यान पाथुम निसांका शून्यमा पेभिलिएन फर्किए । तेस्रो विकेटका लागि उपकप्तान कुशल मेन्डिस र कप्तान कुशलले ६९ रनको साझेदारी गरेका थिए ।

तस्किनको २६ औं ओभरको दोस्रो बलमा मेन्डिस तमिम इकबालबाट २२ रनमा क्याच आउट हुन पुगे । ३६ बल खेलेका मेन्डिसले १ छक्का प्रहार गरे । चौथो विकेटका लागि धनञ्जय डी शिल्भा र कुशल पेरेराले ६५ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

शोरिफुल इस्लामको बलमा ठूलो सट खेल्नेक्रममा पेरेरा महमुदूल्लाहबाट क्याच आउट हुन पुगेका थिए । निरोसन डिक्वेला ७ रनमा रन आउट भए । वानिन्दु हसरंगा १८ रनमा क्याच आउट भए । धनञ्जय ७० बलमा ४ चौका सहित ५५ रनमा अविजित रहे । डेब्यु खेल खेलेका रमेश मेन्डिस ६ बलमा १ छक्का सहित ८ रनमा अविजित रहे ।

बंगलादेशका तीव्र गतिका बलर तस्किन अहमदले ९ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । शरिफुल इस्लामको नाममा १ विकेट रह्यो । श्रीलंका पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३ रनले पराजित हुँदै इतिहासमा पहिलो पटक बंगलादेशसँग सिरिज गुमाउन पुगेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.