5 years ago
May 29, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल संयुक्त अरव इमिरेट्स (युएई) मा हुने भएको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले औपचारिक रुपमा आपिएलका बाँकी खेल युएइमा गर्ने निर्णय गरेको छ । गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको थियो ।

नयाँ तालिका अनुसार आइपिएलबा बाँकी खेल आगमी सेप्टेम्बर अक्टोबरमा हुने छ । आइपिएल टि२० विश्वकप अघि हुने छ । भारतमा हुने भनिएको टि२० विश्वकप पनि युएईमा हुने उच्च सम्भावना छ । विश्वकप अक्टोबर तेस्रो सातादेखि नोभेम्बर १४ सम्म हुने कार्यतालिका छ । यस आइपिएल नभएमा बिसिसिआईलाई कम्तिमा पनि २ हजार २ सय करोड भारु घाटा लाग्ने छ ।
विश्वकप अघि आइपिएलका खेल हुँदा स्टार विदेशी खेलाडी भने कम हुने सम्भावना छ । अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीले यस सिजनको बाँकी खेलहरु नखेल्ने लगभग निश्चित जस्तै बनेको छ । अन्य देशका खेलाडी पनि सहभागिता जनाउने सम्भावना न्यून छ । फिटनेश, क्वारेनटाइ र विश्वकप तयारीको कारण धेरै विदेशी खेलाडीहरुले नाम फिर्ता लिने सम्भावना प्रबल छ ।
आइपिएल युएईमा तेस्रो पटक हुन लागेको हो । गत संस्करण कोरोना महामारीको कारण सबै सिजन युएईमा सफलता पूर्वक सम्पन्न भएको थियो । २०१४ मा भारतमा आम निर्वाचनको कारण आइपिएलका केहि खेल भएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]