default_image

5 years ago

June 1, 2021

पाँच उत्कृष्ट टि२० लिग र सर्वाधिक महँगा खेलाडी

287 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटमा २१ औं शताब्दीको सुरुवातसँगै टि२० शैलीको क्रिकेट देखा पर्यो । इंग्ल्यान्डबाट सुरु भएको टि२० आइसिसीको मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय खेल महिला २००४ र पुरुषको २००५ मा भएको थियो ।

सन् २००७ को टि२० विश्वकपपछि लोकप्रियता ह्वात्तै बढ्यो । २००८ मा भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज लिग सुरु गर्यो । पछिल्लो एक दशकमा सर्वाधिक लोकप्रिय खेल टि२० बनेको छ । टेष्टसँगै एसोसिएट देशमा पनि फ्रेन्चाइज लिगको प्रभाव बढ्दै छ । फ्रेन्चाइज लिग खेलाडीको आम्दानीको मुख्य स्रोत बन्दै आएको छ ।

विश्वमा थुप्रै चर्चित फ्रेन्चाइज लिग छन् । केहि लिग खेलाडीको पहिलो रोजाईमा पर्न थालेका छन् । खेलाडीको स्तर, अक्सनमा लाग्ने बोली, डाफ्टमा पाउने मूल्य लगायत विभिन्नले फ्रेन्चाइज लिगको लोकप्रियता बढ्दै छ । आइपिएल खेलाडीको एउटा सपनानै बनेको छ । आइपिएल सम्म आउन आफ्नो देशबाटसँगै अन्य फ्रेन्चाइज लिगको प्रदर्शन महत्वपूर्ण सावित हुँदै आएको छ । वर्तमान समयका विश्व क्रिकेटका पाँच उत्कृष्ट फ्रेन्चाइज लिग र सर्वाधिक महँगो मूल्य पाउने खेलाडीहरु ।

५. बिपिएल – तमिम इकबाल

बंगलादेश प्रिमियर लिग (बिपिएल) २०१२ देखि सुरु हुँदै आएको छ । बंगलादेशका ओपनर तथा ओडिआई टोलीका कप्तान तमिम इकबाल बिपिएल इतिहासमा सर्वाधिक महँगो मूल्यमा विक्रि हुँने खेलाडी हुन् । तमिमले ढाका पल्टनबाट २०१९/२० को सिजनमा ए प्लस क्याटगेरीमा रहँदै ५० लाख बंगलादेशको अर्थात झण्डै ४२ लाख भारु पारिश्रमिक पाएका थिए ।

उक्त क्याटगेरीमा तमिमसँगै विकेटकिपर मुस्ताफिजुर रहमान, तीव्र गतिका बलर मशरफे मोर्तजा र अलराउन्डर महमुदूल्लाह थिए । तमिम बिपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले ८५ खेलमा २ हजार २ सय ७४ रन बनाएका छन् ।

४. सिपिएल– राशिद खान

अफगानिस्तानका लेग स्पिनर राशिद खान विश्व क्रिकेटमा वर्तमान समयमा सर्वाधिक सफल स्पिनर हुन् । म्याच विनर स्पिनर राशिद वेस्टइन्डिजको क्यारेवियन प्रिमियर लिग (सिपिएल) को सर्वाधिक महँगो मूल्य पाउने खेलाडी हुन् । राशिदलाई गत सिजनमा बार्बाडोस ट्राइडर्सले ८१ लाख ५६ हजार भारुमा अनुबन्ध गरेको थियो ।

विश्व क्रिकेटमा आक्रामक शैलीमा भिन्दै पहिचान बनाएको तथा दुई पटकको टि२० विश्वकप विजेता वेस्टइन्डिजले सिपिएल २०१३ देखि सुरु गरेको हो ।

३. पिएसएल– बाबर आजम

पाकिस्तानका कप्तान बाबर आजम पाकिस्तान सुपर लिग (पिएसएल) का सर्वाधिक महँगा खेलाडी हुन् । विश्व क्रिकेटमा पनि बाबरले आफ्नो प्रभाव जमाउँदै आएका छन् । पिएसएलमा बाबरले ५२ खेल खेल्दै १७ अर्धशतकका साथ १ हजार ७ सय ७४ रन बनाएका छन् । सुरुमा इस्लामबाद युनाइटेडबाट पिएसएल खेलेका बाबर पछिल्लो समय कराँची किंग्सबाट खेल्ने गर्दछन् ।

गत सिजनमा बाबरलाई कराँची किंग्सले २ करोड ३० लाख ४४ हजार पाकिस्तानी मूल्य भारतीय रुपान्तरण १ करोड ९ लाख भारु पारिश्रमिक मूल्य दिएको थियो । जुन पिएसएलस इतिहासकै सर्वाधिक बढी हो ।

२. बिबिएल– डार्सी सर्ट

आइपिएल पछि अष्ट्रेलिया बिग ब्यास लिग लोकप्रिय फ्रेन्चाइज लिग मानिन्छ । बिबिएलमा अष्ट्रेलिया ओपनिङ अलराउन्डर डार्सी सर्ट सर्वाधिक महँगो मूल्यमा विक्ने खेलाडी हुन् । सर्टले २०१७/१८ को सिजनमा होबार्ट हरिकेन्सबाट २५८,९०० अमेरिकी डलर भारतीय १ करोड ८९ लाख भारु प्राप्त गरेका थिए । जुन बिग ब्यास लिगमा सर्वाधिक महँगो मूल्य पाउने खेलाडीमा पर्दछन् ।

डार्सीले हालसम्म बिबिएलमा ५७ खेलमा २ शतक र १८ अर्धशतक सहित २ हजार १ सय ९ रन बनाएका छन् । लेगस्पिनर गर्ने उनले २९ विकेट लिएका छन् ।

१. आइपिएल–विराट कोहली

आइपिएल विश्वकै लोकप्रिय फ्रेन्चाइज लिग हो । कतिपयले आइपिएललाई मिनि विश्वकप भन्छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराटलाई रोयल च्यालेन्जर्स बेंगलोरले २००८ मा अनुबन्ध गरेको थियो । उक्त वर्ष भारतलाई यू-१९ विश्वकप जिताउँदै आइपिएल खेलेका कोहली वर्तमान समय विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यानको रुपमा स्थापित भएका छन् ।

कोहलीले सन् २०१८ देखि आइपिएलमा १७ करोड भारु प्राप्त गर्दै आएका छन् । जुन आइपिएलमा सर्वाधिक महँगो मूल्य पर्छ । यस सिजनको आइपिएलमा दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.