5 years ago
June 1, 2021
एन्जेसी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसिय र टि२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । आइसिसीले एकदिवसिय विश्वकपमा १४ र टि२० विश्वकप संख्या २० पुर्याउने जनाएको छ ।

आइसिसीले मंगलबार सन् २०२३ देखि २०३१ सम्म आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ । सन् २०२७ को संस्करण देखि एकदिवसिय विश्वकपमा १४ टोली हुने छन् । यसले एसोसियट टोलीलाई विश्वकप खेल्न सहज हुनेछ ।
सन् २०२७ र २०३१ को संस्करणमा ओडिआईमा १४–१४ देश हुने छन् । यसअघि १०–१० टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए । गतवर्ष जिम्बावे र आयरल्यान्ड जस्ता टेष्ट टोलीलेनै विश्वकप खेल्न नपाउँदा आइसिसीको चर्को आलोचना भएको थियो । एसोसियटको लागि भने निकै कठिन थियो ।
यस्तै सन् २०२४ को संस्करण देखि टि२० विश्वकपमा २० प्रतिस्पर्धा गर्ने छन् । यसले नेपाललाई टि२० विश्वकप खेल्न अझ सहज बनाउने छ । यसअघि टि२० विश्वकपमा १६ देशले प्रतिस्पर्धा गर्दै आएका थिए । त्यस्तै च्याम्पियन्स ट्रफी पुन हुने भएको छ । सन् २०१७ देखि च्याम्पियन्स ट्रफी भएको छैन । जुन ट्रफी पाकिस्तानले भारतलाई हराउँदै उपाधि जितेको थियो ।

एकदिवसिय विश्वकप १४ टोली भएसँगै दुई समूहमा विभाजन गरिने छ । जसमा ७–७ टोली हुने छन् । हरेक शीर्ष तीन टोलीले सुपर सिंक्समा स्थान बनाउने छन् । सेमिफाइनल हुँदै फाइनल हुने आइसिसीले जनाएको छ । जुन आइसिसीले २००३ मा यसै आधारमा विश्वकप गराएको थियो ।
टि२० विश्वकपमा भने चार समूहमा विभाजन गरिने छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर एटमा स्थान बनाउने छन् । जसबाट सेमिफाइनल र फाइनल हुने छ । च्याम्पियन्स ट्रफीमा ८ देशनै रहने छन् । एक समूहमा चार चार देश हुने छन् । आइसिसीका शीर्ष आठ टोलीले स्थान बनाउने छन् ।
त्यस्तै टेष्ट च्याम्पियनशिप फाइनल २०२५, २०२७, २०२९ र २०३१ मा हुने छ । टि२० विश्वकप दुई दुई वर्षको अन्तरमा हुने छ । भने ओडिआई विश्वकप चार चार वर्षको अन्तरमा हुने छ । च्याम्पियन्स ट्रफी पनि चार चार वर्षको अन्तरमा हुने छ ।
टि२० विश्वकप २०२१ युएईमा हुने लगभग निश्चित बनेको छ । १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पनि १६ टोली हुने छन् । २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपमा भने १० देशलेनै प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल हाल २०२२ को टि२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ । उक्त विश्वकपमा १६ टोली हुँदा समूह ए मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । एकदिवसिय विश्वकप छनोट नेपालले आइसिसी विश्वकप लिग–२ खेलेको छ । विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउने छ ।
शीर्ष तीनमा पर्न नसके नेपालले क्वालिफायर प्ले अफ खेल्दै शीर्ष दुईमा रहन सके ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउने छ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा रहेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]