default_image

5 years ago

June 2, 2021

इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

276 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको दुई टेष्ट सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा लर्ड्समा सुरु हुनेछ ।

भारतसँग आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल्नुअघि न्युजिल्यान्डले तयारी स्वरुप इंग्ल्यान्डसँग दुई टेष्ट खेल्न लागेको हो । इंग्ल्यान्ड जो रुट र न्युजिल्यान्ड केन विलियम्सनको कप्तानीमा मैदान उत्रने छन् । यी दुवै कप्तान टोलीका प्रमुख ब्याटिङ हतियार हुन् । दुवै संयमित र शान्त स्वभावका कप्तान हुन् ।

न्युजिल्यान्ड इंग्ल्यान्डलाई घरेलु मैदानमा हराउँदै उच्च मनोबलका साथ फाइनल खेल्ने सोचमा छ । दुई टेष्टले न्युजिल्यान्डलाई आफ्नो कमजोरी सुधार गर्न सहज हुनुको साथै इंग्ल्यान्डको वातावरणमा घुलमुल हुन धेरै फाइदा पुग्ने छ ।

न्युजिल्यान्डको ओपनिङ टम लाथम र देभन कन्वेले गर्ने छन् । कन्वेले सिमित ओभर र घरेलु क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएका छन् । तेस्रो नम्बरमा विलियम्सन र चौथोमा रस टेलर र पाँचौमा हेनरी निकोलस खेल्ने छन् ।

छैटौं नम्बरमा विजे वाटलिङ छन् । विलियम्सन र टेलर प्रमुख हतियार हुन् । पछिल्ला तीन मध्य दुई टेष्टमा विलियम्सनले दुई दोहोरो शतक र एक शतक प्रहार गरेका छन् । विलियम्सनको लय रोक्न इंग्ल्यान्डलाई चुनौती हुने छ । तल्लोक्रममा काइल जामिसन, ड्र्याल मिचेल र कोलिन डी ग्राण्डहोम पनि राम्रो ब्याटिङको क्षमता राख्छन् ।

तीव्र गतिका बलरमा निल वाग्रर, टिम साउथी र जामिसन छन् । ट्रेन्ट बोल्टले पहिलो खेल खेल्ने छैनन् । जामिसनले मात्र ६ टेष्टमा ३६ विकेट लिएका छन् । गत जनवरीमा पाकिस्तानसँग पहिलो इनिङमा ५ र दोस्रोमा ६ विकेट लिएका थिए । वेस्टइन्डिज, पाकिस्तान र भारत तीनै देशविरुद्ध जामिसनले ५–५ विकेट लिएका छन् । टेष्टमा जामिसनको लय उच्च हुँदा इंग्ल्यान्डका ब्याट्सम्यानलाई कठिन पर्न सक्छ ।

यता इंग्ल्यान्डको टोलीमा बेन स्टोक्स, जस बटलर, साम करन लगायतका आइपिएल खेलेका खेलाडी छैनन् । युवा विकेटकिपर जेम्स ब्रेसीले इंग्ल्यान्डको टोलीमा डेब्यू गर्दै छन् । उनले इंग्ल्यान्डको ६ सय ९८ औं टेष्ट क्याप पाउने छन् । एलिस्टर कुकको सन्न्याससँगै इंग्ल्यान्ड उत्कृष्ट ओपनरको खोजीमा छ ।

पछिल्लो समय रोरी बर्न्स र डोमिनिक सिब्लेलाई खेलाउँदै आएको छ । यी दुईलाईनै निरन्तरता दिने छ । युवा ब्याट्सम्यान ज्याक क्रलीले तेस्रो, जो रुटले चौथो र ओली पोपले पाँचौं नम्बरमा ब्याटिङ सम्हाल्ने छन् ।

कप्तान जो रुट प्रमुख हतियार हुन् । उनको उच्च प्रदर्शन विना इंग्ल्यान्डलाई कठिन पर्ने छ । ज्याक क्रली र ओली पोपले पनि इंग्ल्यान्डको टोलीमा राम्रो प्रदर्शन गर्दै आएका छन् । यी दुई युवा ब्याट्सम्यानको प्रदर्शन निकै महत्वपूर्ण हुने छ ।

जेम्स ब्रेसीले छैटौं नम्बरमा ब्याटिङ गर्ने छन् । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका ब्रेसीलाई एउटा राम्रो अवसर हो । बटलर, जोनी बेयरस्टो र बेन फोक्स टोलीमा नहुँदा उनले मौका पाएका हुन् । बटलर र बेयरस्टोलाई विश्राम दिँदा फोक्स भने मोजामा चिप्लिएर घाइते हुन पुगेका थिए ।

जेम्स एन्डरसन, मार्कवुड र स्टुअर्ट ब्रोडले तीव्र गतिको बलिङ युनिट समाल्ने छन् । वर्तमान समयका सर्वाधिक सफल टेष्ट बलर एन्डरसन प्रमुख हतियार समेत हुन् । स्टोक्स नहुँदा उपकप्तानको जिम्मेवारी ब्रोडले पाएका छन् । चौथो तीव्र गतिका बलरमा ओली स्टोन वा ओली रोविन्सन मध्य एक खेल्ने छन् । स्पिनरमा ज्याक लेचलाई खेलाउने छ ।

हेड टु हेड

यी दुई देशको पछिल्ला पाँच टेष्ट प्रतिस्पर्धामा न्युजिल्यान्ड तीन खेलमा विजयी भएको छ भने दुई खेल बराबरीमा सकिएको छ । २०१५ यता न्युजिल्यान्डले इंग्ल्यान्डसँगको टेष्ट सिरिज गुमाएको छैन् । यी दुई देशबीच कुल १ सय ५ टेष्ट खेल भएका छन् । न्युजिल्यान्ड ११ खेलमा विजयी हुँदा ४८ खेलमा पराजित र ४६ खेल बराबरीमा अन्त्य भएका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.