default_image

5 years ago

June 2, 2021

इंग्ल्यान्डविरुद्ध कन्वेको डेब्यू

170 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । लर्ड्स क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

न्युजिल्यान्ड इंग्ल्यान्डलाई घरेलु मैदानमा हराउँदै उच्च मनोबलका साथ फाइनल खेल्ने सोचमा छ । दुई टेष्टले न्युजिल्यान्डलाई आफ्नो कमजोरी सुधार गर्न सहज हुनुको साथै इंग्ल्यान्डको वातावरणमा घुलमुल हुन धेरै फाइदा पुग्ने छ ।

इंग्ल्यान्डका युवा विकेटकिपर जेम्स ब्रेसीले डेब्यू गरेका छन् । उनले इंग्ल्यान्डको ६ सय ९८ औं टेष्ट क्याप पाएका छन् । तीव्र गतिका बलर ओली रोबिन्सनले पनि इंग्ल्यान्डको टोलीमा डेब्यू गरेका छन् । उनले ६ सय ९९ औं टेष्ट क्याप पाएका हुन् । न्युजिल्यान्डका देभन कन्वेले टेष्ट क्रिकेटमा डेब्यू गरेका छन् । सिमित ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका कन्वेले टेष्टमा डेब्यू गराएको हो । कन्वेले २ सय ८१ औं टेष्ट क्याप लगाउने न्युजिल्यान्डका खेलाडी हुन् । कन्वेले टम लाथमका साथ ओपनिङ गर्ने छन् ।

इंग्ल्यान्डको प्लेइङ ११ : रोरी बन्र्स, डोमिनिक सिब्ले, ज्याक क्रली, जो रुट (कप्तान), ड्यानियल लरेन्स, ओली पोप, जेम्स ब्रेसी (विकेटकिपर), ओली रोबिन्सन, स्टुअर्ट ब्रोड, मार्कवुड र जेम्स एन्डरसन ।

न्युजिल्यान्डको प्लेइङ ११ : टम लाथम, देभन कन्वे, केन विलियम्सन (कप्तान), रस टेलर, हेनरी निकोलस, विजे वाटलिङ (विकेटकिपर), कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनेर, काइल जामिसन, टिम साउथी र निल वाग्रर ।

हेड टु हेड :

यी दुई देशको पछिल्ला पाँच टेष्ट प्रतिस्पर्धामा न्युजिल्यान्ड तीन खेलमा विजयी भएको छ भने दुई खेल बराबरीमा सकिएको छ । २०१५ यता न्युजिल्यान्डले इंग्ल्यान्डसँगको टेष्ट सिरिज गुमाएको छैन् । यी दुई देशबीच कुल १ सय ५ टेष्ट खेल भएका छन् । न्युजिल्यान्ड ११ खेलमा विजयी हुँदा ४८ खेलमा पराजित र ४६ खेल बराबरीमा अन्त्य भएका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.