5 years ago
June 2, 2021
एजेन्सी – न्युजिल्यान्डका ओपनर देभन कन्वेले इंग्ल्यान्डसँगको पहिलो टेष्ट डेब्यू खेलमै सानदार शतक प्रहार गरेका छन् । लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो दिन तेस्रो सेसनको खेल जारी ६१ रहँदा ३ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ ।

डेब्यू खेल खेलि रहेका कन्वे १ सय ६४ बलमा ११ चौका सहित १ सय ३ रनमा खेलि रहेका छन् । हेनरी निकोलस १९ रनमा अविजित छन् ।
कन्वेले १ सय ६३ बलमा ११ चौका सहित करिअरको पहिलो टेष्ट खेलमै शतक प्रहार गरेका छन् । कन्वेले ओली रोबिन्सनलाई ६१ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै शतक प्रहार गरेका छन् ।
सिमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्डले कन्वेलाई डेब्यू गराएको थियो । कन्वेले टेष्टमा पनि सानदार प्रदर्शन गरेका छन् । टेष्ट डेब्यूमै शतक प्रहार गर्ने कन्वे विश्वका १ सय ११ औं खेलाडी हुन् । न्युजिल्यान्डबाट टेष्ट डेब्यूमै शतक हान्ने १२ औं खेलाडी बनेका छन् । लर्ड्समा डेब्यूमा शतक हान्ने कन्वे छैटौं खेलाडी हुन् ।
न्युजिल्यान्डका ओपनर टम लाथम र कन्वेले १६ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । इंग्ल्यान्डका डेब्यू खेल खेलि रहेका तीव्र गतिका बलर ओली रोबिन्सनले २३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । लाथमले ५७ बलमा २ चौका प्रहार गरे । कप्तान केन विलियम्सनलाई जेम्स एन्डरसनले १३ रनमा बोल्ड आउट गरे । ओली रोबिन्सनलेनै रस टेलरलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]