5 years ago
June 2, 2021
एजेन्सी – नेदरल्यान्ड्सले आयरल्यान्डसँगको पहिलो ओडिआई खेलमा एक रनको रोमाञ्चक जित हात पारेको छ । आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा डेब्यू गर्दै नेदरल्यान्ड्सले टेष्ट टोली आयरल्यान्डमाथि रोमाञ्चक जितका साथ सुरुवात गरेको छ । यो जितसँगै तीन ओडिआई सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रन बनाउन सक्यो ।
आयरल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १२ रन चाहिँएको थियो । अन्तिम ओभरको पहिलो बलमा लोगान भ्यान बिकले पहिलो बल वाइड फालेका थिए ।
अर्को बलमा बलमा सिमी सिंह ४५ रनमा रन आउट भएपछि आयरल्यान्डको जितको सम्भावना सकिएको थियो । सिमीले ६९ बलमा ४ चौका प्रहार गरे । दोस्रो बलमा क्रेग यंगले एक रन बटुले । तेस्रो बलमा जोश लिटिलले चौका प्रहार गर्दै पुन जितको आशा देखाएका थिए । चौथो र पाँचौं बलमा एक एक रन बटुलेपछि अन्तिम बलमा जितको लागि तीन रन चाहिँएको थियो । अन्तिम बलमा योंग मिस भएपछि विश्वकप सुपर लिगमा नेदरल्यान्ड्सले महत्वपूर्ण १० अंक बटुलेको छ ।

आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले १ सय १२ बलमा ८ चौका सहित सर्वाधिक ६९ रनको योगदान दिए । एक समय ११–३ को कमजोर अवस्थामा पुगेको आयरल्यान्डलाई स्टर्लिङ र जर्ज डकरेलले ३२ रनको साझेदारी गरेका थिए । डकरेल ३८ बल खेल्दै ११ रन जोडे । २२ ओभरमा आयरल्यान्ड ६९–५ को अवस्थामा पुग्दा छैटौं विकेटका लागि स्टर्लिङले सिमी सिंहसँग ६६ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।
अन्यले ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले ९ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ३ विकेट लिए । भ्यान बिकले २, फर्द क्लासेन, ब्रेन्डन ग्लोभर र टिम भानले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । नेदरल्यान्ड्सलाई ओपनर म्याक्स ओडाउड र स्टीफन माईबर्गले ३२ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । तर स्टीफन २० रनमा आउट भएसँगै नेदरल्यान्ड्सले लगातार विकेट गुमाएको थियो ।

म्याक्स ओडाउड २३, बेन कुपर ६, कप्तान पिटर सिलार शून्य र स्कर्ट एडवार्ड्स १ रनमा आउट हुँदा ५३–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका ब्याट्सम्यान समालिदा नेदरल्यान्ड्सले मध्यम योगफल बनाएको थियो । बास डी लिडे २१ र सकिब जुलफिकर २३ रनमा आउट भए । टिम भ्यान डर गुग्टेनले ५३ बलमा १ चौका र ४ छक्का सहित महत्वपूर्ण ४९ रनको योगदान दिए ।
आयरल्यान्डका जोश लिटिलले १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । क्रेग यंगले १० ओभरमा १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट लिए । दोस्रो खेल शुक्रबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]