default_image

5 years ago

June 2, 2021

कन्वेको कीर्तिमानी शतकमा न्युजिल्यान्डको उत्कृष्ट सुरुवात

166 views

0 Bookmark

एजेन्सी – ओपनर देभन कन्वेको टेष्ट डेब्यू खेलमै सानदार शतकसँगै न्युजिल्यान्डले इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो दिनको समाप्तिमा ८६ ओभरमा ३ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको छ ।

कन्वे २ सय ४० बलमा १६ चौका सहित १ सय ३६ रनमा अविजित छन् । हेनरी निकोलस १ सय ४९ बलमा ३ चौका सहित ४६ रनमा अविजित छन् । चौथो विकेटका लागि कन्वे र निकोलसले १ सय ३२ रनको शतकीय साझेदारी गरि सकेका छन् । कन्वेले १ सय ६३ बलमा ११ चौका सहित करिअरको पहिलो टेष्ट खेलमै शतक प्रहार गरेका थिए । कन्वेले ओली रोबिन्सनलाई ६१ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै शतक प्रहार गरेका छन् ।

सिमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्डले कन्वेलाई डेब्यू गराएको थियो । कन्वेले टेष्टमा पनि सानदार प्रदर्शन गरेका छन् । टेष्ट डेब्यूमै शतक प्रहार गर्ने कन्वे विश्वका १ सय ११ औं खेलाडी हुन् । न्युजिल्यान्डबाट टेष्ट डेब्यूमै शतक हान्ने १२ औं खेलाडी बनेका छन् । लर्ड्समा डेब्यूमा शतक हान्ने कन्वे छैटौं खेलाडी हुन् ।

कन्वे लर्ड्समा डेब्यू टेष्टमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । कन्वेले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीको कीर्तिमान तोडेका छन् । यसअघि लर्ड्समा डेब्यू खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान गांगुलीको नाममा थियो । गांगुलीले सन् १९९६ मा टेष्टमा डेब्यू गर्दै इंग्ल्यान्डविरुद्ध १ सय ३१ रनको इनिङ खेलेका थिए ।

न्युजिल्यान्डका ओपनर टम लाथम र कन्वेले १६ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । इंग्ल्यान्डका डेब्यू खेल खेलि रहेका तीव्र गतिका बलर ओली रोबिन्सनले २३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । लाथमले ५७ बलमा २ चौका प्रहार गरे ।

कप्तान केन विलियम्सनलाई जेम्स एन्डरसनले १३ रनमा बोल्ड आउट गरे । ओली रोबिन्सनलेनै रस टेलरलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.