5 years ago
June 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना अर्को सातादेखि सुरु हुने टि२० ब्लास्ट गुमाउने भएका छन् ।

सन्दीप टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरि रहेका थिए । तर नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने लगभग निश्चित जस्तै भएको सन्दीपका मेनेजर रमण शिवाकोटीले जानकारी दिएका छन् ।
टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । ठूलो प्रयास र प्रतीक्षापछि शुक्रबार भिषा आएपनि धेरै ढिलो भई सकेको छ । १४ दिन क्वारेनटाइनमा बस्दा सन्दीपले आधा भन्दा बढी खेल गुमाउने छन् । वोर्सेस्टरशायरले सन्दीपको स्थानमा अर्को खेलाडी ल्याउने तयारी गरि रहेको बुझिएको छ ।
‘भिषा हिजोनै (शुक्रबार) आएको हो । तर जान धेरै ढिलाइनै भईसक्यो । टि२० ब्लास्ट पुरैनै छुट्ला जस्तोनै भयो । उताबाट पनि अव लगभग पुरै छुट्नी तरिकाले कुरा गरि रहेको छ’, शिवाकोटीले हाम्रो खेलकुदसँग भने ।
‘पाँच छ खेल छुट्ने भएपछि उनिहरुले अर्को खेलाडीलाई राख्छ नै । पर्खने कुरा पनि हुँदैन’, उनले भने, ‘भिसा पनि उताबाट सिधैं कुरा गरेर झिकाएको हो । टि२० ब्लास्ट छुटेपनि द हन्ड्रेड खेल्न जाने तयारी हुने छ ।’
नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक अझै खुलाएको छैन । जसले सन्दीपलाई झनै समस्या परेको छ । सन्दीपले द हन्ड्रेड प्रतियोगिता ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुने छ । उक्त प्रतियोगिता जुलाईमा हुने हुँदा त्यो समय सम्म उडान रोक खुल्ने पनि सम्भावना छ ।
सन्दीपले टि२० ब्लास्ट गुमाउने भएपछि शुक्रबार ट्विटरमा एक पोष्ट गरेका छन् । ‘अब धेरै ढिलो’ ट्विटरमा लेखेका छन् । सन्दीपले टि२० ब्लास्ट खेल्न ढिलो हुँदा छुट्ने डर हुँदा समयमानै भिसा दिन आग्रह गर्दै आएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]