default_image

5 years ago

June 7, 2021

न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेष्ट बराबरीमा सकियो

129 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेष्ट खेल बराबरी (ड्र) भएको छ । पाँचौँ दिन जितको लागि २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७० रन बनाउँदा खेल सकिएको थियो ।

इंग्ल्यान्डका ओपनर डोमिनिक सिब्ले २ सय ७ बलमा ३ चौका सहित सर्वाधिक ६० रनमा अविजित रहे । युवा ब्याट्सम्यान ओली पोप ४१ बलमा ३ चौका सहित २० रनमा अविजित रहे । कप्तान जो रुट ७१ बलमा ५ चौका सहित ४० रनमा आउट भए । रोरी बन्र्स २५ र ज्याक क्रली २ रनमा आउट भए । न्युजिल्यान्डका तीव्र गतिका निल वाग्ररले २ र टिम साउथीले १ विकेट लिए ।

न्युजिल्यान्ड दोस्रो इनिङ १६९-६ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका ओपनर टम लाथमले ३६, डेवन कन्वेले २३, कप्तान केन विलियम्सन १, रस टेलर ३३ र हेनरी निकोलस २३ रनमा आउट भए । इंग्ल्यान्डका ओली रोबिन्सनले सर्वाधिक ३ विकेट लिए । जो रुट, मार्कवुड र स्टुअर्ट ब्रोडले १-१ विकेट लिए ।

पहिलो इनिङमा इंग्ल्यान्ड २ सय ७५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओपनर रोरी बन्र्सले २ सय ९७ बलमा १६ चौका र १ छक्का सहित १ सय ३२ रनको शतकीय इनिङ खेले । उनको यो टेष्ट करिअरको तेस्रो शतक हो । लर्ड्स मैदानमा पहिलो शतक प्रहार गरेका हुन् ।

२०१५ मा एलिष्टर कुकपछि इंग्ल्यान्डका ओपनर ब्याट्सम्यानले लर्ड्समा पहिलो शतक प्रहार गरेका हुन् । कप्तान जो रुट र रोबिन्सन ४२-४२ रनमा आउट भए । ओली पोपले २२ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ६ र काइल जामिसनले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्ड पहिलो इनिङमा दोस्रो दिन ३ सय ७८ रनमा अल आउट भएको थियो । वर्षाको कारण तेस्रो दिन भने खेल हुन सकेन । डेब्यू खेलमै न्युजिल्यान्डका ओपनर डेभन कन्वेले ३ सय ४७ बलमा २२ चौका र १ छक्का सहित २ सय रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । वाग्रर २१ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

हेनरी निकोलस १ सय ७५ बलमा ४ चौका सहित ६१ रनमा क्याच आउट हुन पुगेका थिए । निकोलस मार्क वुडको बलमा ओली रोबिन्सनबाट क्याच आउट हुन पुगेका थिए । चौथो विकेटका लागि कन्वे र निकोलसले १ सय ७४ रनको शतकीय साझेदारी गरेका थिए । त्यसपछि भने तल्लोक्रमका ब्याट्सम्यानले कन्वेलाई साथ दिन सकेनन् । बिजे वाटलिङ १, मिचेल सान्टनेर र कोलिन डी ग्रान्डहोम शून्यमा आउट भए । काइल जामिसन ९ रनमा क्याच आउट हुन पुगे ।

इंग्ल्यान्डका डेब्यू खेल खेलि रहेका तीव्र गतिका बलर ओली रोबिन्सनले लाथमलाई २३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । लाथमले ५७ बलमा २ चौका प्रहार गरे । कप्तान केन विलियम्सनलाई जेम्स एन्डरसनले १३ रनमा बोल्ड आउट गरे । ओली रोबिन्सनलेनै रस टेलरलाई १४ रनमा एलबिडब्लू आउट गरेका थिए । इंग्ल्यान्डका ओली रोबिन्सनले ४ र मार्क वुडले ३ विकेट लिए । जिमी एन्डरसनको नाममा २ विकेट रह्यो । दोस्रो तथा अन्तिम टेष्ट विहिबार देखि सुरु हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.