5 years ago
June 7, 2021
एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर ओली रोबिन्सन ९ वर्ष अघिको ट्विटको कारण अन्तर्रष्ट्रिय सबै शैलीको क्रिकेटबाट निलम्बनमा परेका छन् । न्युजिल्यान्डसँगको पहिलो टेष्टमा डेब्यू गर्दै २७ वर्षिय ओली रोबिन्सनले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो इनिङमा ४ र दोस्रो इनिङमा ३ विकेट लिएका थिए ।

डेब्यूमा उनको उत्कृष्ट प्रदर्शनसँगै २०१२/१३ मा सामाजिक सञ्जाल ट्विटरमा उनले अश्लिलता र जातिवादलाई जोडेर गरिएको ट्विट बाहिरिएको थियो । जसको अनुसान गरि रहेको इंग्ल्यान्ड क्रिकेट बोर्डले पहिलो टेष्ट खेल सकिएपछि ओली रोबिन्सन निलम्बनमा परेको जनाएको थियो । रोबिन्सनले इंग्ल्यान्डको क्याम्प छाडि सकेका छन् । दोस्रो टेष्टमा उपलब्ध हुने छैनन् ।
रोबिन्सनले किशोर अवस्थामा गरेको ट्विटबारे बुधबार माफी पनि मागेका थिए । रोबिन्सनले बलिङसँगै पहिलो इनिङमा ब्याटिङमा ४२ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । उनको अनुसाशनबारे अनुसन्धान नासकिंदासम्म उनी निलम्बनमा रहने छन् । प्रतिबन्ध लगाउने वा सफाई दिने अनुसन्धानपछि थाहा हुने छ । झण्डै एकदशक अघि किशोर अवस्थामा ट्विट गरेको कारण उनले सफाई पाउने सम्भावना बढी छ ।


अनुसाशनको क्रममा इंग्ल्यान्डले निकै कडाई गर्दै आएको छ । सन् २०१९ मा प्रमुख ओपनर एलेक्स हेल्सले अनाधिकृत औषधि प्रयोग गरेको कारण एकदिवसिय विश्वकप मुखमै टोलीबाट हटाएको थियो । त्यसपछि हेल्सले टोलीमा मौका पाउन सकेका छैनन् ।
दोस्रो टेष्टमा रोबिन्सन उपलब्ध नहुने भएपछि तीव्र गतिको युनिटमा मार्कवुड, जिमी एन्डरसन र स्टुअर्ट ब्रोडलाई ओली स्टोनले साथ दिने सम्भावना छ । दोस्रो टेष्ट बिहिबार देखि सुरु हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]