5 years ago
June 7, 2021
एजेन्सी – नेदरल्यान्ड्सले टेष्ट टोली आयरल्यान्डविरुद्ध तीन ओडिआई सिरिज जितेको छ । अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्सले आयरल्यान्डलाई ४ विकेटले पराजित गर्दै सिरिज २–१ ले जित्नुको साथै आइसिसी विश्वकप सुपर लिगमा महत्वपूर्ण २० अंक जोडेको छ ।

जितका लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४५.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर स्टिफन माईबर्गले १ सय ११ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७४ रनको इनिङ खेले । बास डी लिडे १८ रन जोडे । ओपनर म्याक्स ओडाउड ४९ बलमा ५ चौका सहित ३६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्टिफन र म्याक्स ओडाउडले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपछि नेदरल्यान्ड्स सहज जिततर्फ अघि बढेको थियो । १५ औं ओभरको चौथो बलमा सिमी सिंहले ओडाउडलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए ।
स्कर्ट एडवार्ड्स शून्यमा आउट हुँदा मुसा अहमद १९ रनमा क्याच आउट भए । आयरल्यान्डका लेगस्पिनर सिमी सिंहले ९.५ ओभरमा २ मेडन सहित २९ रन खेर्चेर ३ विकेट लिए । जोशुवा लिटिल, एन्डी म्याकबिर्नी र ब्यारी म्याकार्थीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले खराब ब्याटिङ गर्दै ४९.२ ओभरमा १ सय ६३ रनमा अल आउट भएको थियो । आयरल्यान्डका ओपनर ह्यारी टेक्टरले एक सय बलमा ५ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए । जर्ज डकरेल ६९ बलमा ५ चौका सहित ४० रन बनाए । सिमी सिंहले २६ र कप्तान एन्डी बालबर्नीले १३ रनको योगदान दिए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर केभिन ओब्रायन शून्य र पल स्टर्लिङ ५ रनमा आउट भएपछि आयरल्यान्डले खराब सुरुवात गरेको थियो । चौथो विकेटका लागि टेक्टर र डकरेलले ८९ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गरेपनि त्यसपछिका ब्याट्सम्यान खराब प्रदर्शन गर्दा सस्तैमा रोकिन पुगेको थियो ।
आयरल्यान्डलाई सस्तैमा रोक्न नेदरल्यान्ड्सका तीव्र गतिका बलर फर्द क्लासेनले १० ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिदै उत्कृष्ट बलिङ गरेका थिए । त्यस्तै मध्यक्रम धरासय बनाएका अर्का तीव्र गतिका बलर भान बिक्ले ९.२ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । भिभियन किंग्माले १ र भान डर गुग्टेनले २ विकेट लिए । नेदरल्यान्ड्सले पहिलो खेलमा १ रनले विजयी भएको थियो । दोस्रो खेलमा आयरल्यान्ड ८ विकेटको सहज जित हात पारेको थियो ।

विश्वकप सुपर लिग ३ खेलमा २ मा जित र १ मा हार सहित २० अंकका साथ नवौं स्थानमा छ । बंगलादेश ९ खेलमा ५ मा जित र ४ मा हार सहित ५० अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ९ खेलमा ४ मा जित र ५ मा हार सहित ४० अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तान तेस्रो, अष्ट्रेलिया चौथो र न्युजिल्यान्ड पाँचौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]