5 years ago
June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले प्रतिओडिआई खेल म्याच फि १० हजार र महिला खेलाडीले पाँच हजार पाउने रुपैयाँ भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गर्दै उक्त निर्णय गरेको हो ।

मंगलबार क्यानको केन्द्रिय बोर्ड बैठकले आर्थिक समितिका क्यानका कोषाध्यक्ष रोशन सिंह, सदस्य दुर्गाराज पाठक र माधव कर्माचार्यले प्रस्तुत गरेको प्रस्तावित नियमावली पारित (अनुमोदन) भएको छ । ग्रास रुटबाट आउने खेलाडी देखि अम्पायर, अफिसल, क्यान पदाधिकारी, ग्राउन्ड स्टाफ, जिल्ला र प्रदेश सबैले पाउने अधिकार, भत्ता, सेवा सुविधालाई सुनिश्चिता गर्दै आर्थिक कार्यविधि र नियमावली २०७७ जारी गरेको कोषाध्यक्ष सिंहले जनाएका छन् । उनले दुई दशकपछि आर्थिक नियमावली पहिलो पटक जारी भएको दाबी पनि गरे । आर्थिक नियमावलीसँगै क्यानलाई दैनिक कार्यको लागि थप सहज हुने छ ।
के छ आर्थिक नियमावलीमा ?
नयाँ आर्थिक नियमावली अन्तर्राष्ट्रिय ओडिआई खेलको म्याच फि पुरुष टोलीका खेलाडीले १० हजार र महिला खेलाडीले ५ हजार प्राप्त गर्ने छन् । टि२० अन्तर्राष्ट्रिय प्रतियोगिता पुरुष खेलाडीले ५ हजार र महिला खेलाडीले ३ हजार पाउने छन् । महिला र पुरुष दुवै टोलीका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता बन्द प्रशिक्षणमा रहँदा दैनिक पाँच सय भत्ता पाउने छन् । जसमा यातयात सुविधा पनि उपलब्ध गराउने जनाएको छ । क्यानले पुरुष दुवै टोलीका खेलाडीलाई गतवर्ष अन्तर्राष्ट्रिय ओडीआई र टि ट्वान्टी आईको म्याच फि ५ हजार दिने निर्णय गरेको थियो ।

एकदिवसिय घरेलु प्रतियोगितामा पुरुष खेलाडीले दैनिक भत्ता २ हजार ५ सय र महिला खेलाडीले २ हजार प्राप्त गर्ने छन् । टि२० घरेलु प्रतियोगितामा पुरुष टोलीले दैनिक भत्ता २ हजार र महिला खेलाडीले १ हजार पाँच सय प्राप्त गर्ने छन् । बन्द सत्र म्याच फि पाँच सय हुने छ । उमेर समूहको राष्ट्रिय प्रतियोगिता म्याच फि एक हजार हुने छ । सबै म्याच फि खाना, बस्न र यातयात खर्च छोडेर हुने छ ।
भ्रमणमा जाने सबै पदाधिकारी, खेलाडीहरु, अफिसियल, मुख्य प्रशिक्षकको लागि विदेशमा १० लाख र स्वदेशमा पाँच लाख बराबर रकमको दुर्घटना बीमा गर्न लाग्ने खर्च क्यानले ब्योहोर्ने सक्ने जनाएको छ । तर सामाजिक सुरक्षा कोष अन्तर्गत बीमा सुविधा पाएको खण्डमा संघले सो खर्च व्यहोर्ने छैन ।
अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन जाने नेपालको राष्ट्रिय टिम तथा विभिन्न उमेर समूहको महिला, पुरुष टोलीका खेलाडी, अफिसियल, प्रशिक्षक, चिकिल्सक लगायतले दैनिक भत्ता ५० अमेरिकी डलर पाउने छन् । जुन खेल सुरुहुने दुई दिन अगाडि र खेल समाप्त भएको एक दिनपछि सम्म लागू हुने छ । कार्यालय सञ्चालनको लागि जिल्लाले वार्षिक एक लाख र प्रदेशले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]