default_image

5 years ago

June 9, 2021

विलियम्सनले दोस्रो टेष्ट गुमाउने

105 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेल गुमाउने भएका छन् । विहिवार देखि सुरु हुने दोस्रो टेष्ट विलियम्सनले बायाँ हातको कुँइनोमा चोटका कारण गुमाउने भएका छन् ।

विलियम्सनले दोस्रो टेष्ट गुमाउँदा कप्तानी ओपनर टम लाथमले गर्ने छन् । तेस्रो नम्बरमा ब्याटिङ विल यंगले लिने छन् । ‘विलियम्सनलाई टेष्टमा गुमाउने यो निर्णय पक्कै सजिलो होईन । तर हामी सोच्छौं यो निर्णय सहि छ’, न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भनेका छन् । आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनललाई ध्यानमा राख्दै यो निर्णय लिएको स्टीडले बताएका छन् । फाइनलको लागि विलियम्सन तयार हुनेमा आफू विश्वस्त पनि रहेको उनी बताउँछन् ।

टेष्ट च्याम्पियनसिप फाइनल आगमी जुन १८ मा इंग्ल्यान्डको साउथह्याप्टमा हुँदै छ । फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने छ । उक्त फाइनल तयारी स्वरुप न्युजिल्यान्डले इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्ने व्यवस्था मिलाएको थियो । पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।

केन विलियम्सन पहिलो इनिङमा १३ रन र दोस्रो इनिङमा एक रनमा आउट भएका थिए । डेब्यू खेल खेलेका न्युजिल्यान्डका ओपनर डेभन कन्वेले दोहोरो शतकीय इनिङ खेलेका थिए । इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको दोस्रो तथा अन्तिम टेष्ट खेल विहिबार देखि बर्मिंघममा सुरु हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.