default_image

5 years ago

June 11, 2021

पाँच नयाँ अनुहार समेट्दै धवनको कप्तानीमा भारतको टोली घोषणा

216 views

0 Bookmark

एजेन्सी – भारतले ओपनर शिखर धवनको कप्तानीमा पाँच नयाँ अनुहार समेट्दै आगमी महिना श्रीलंकासँग हुने समान तीन ओडिआई र टि२० आई सिरिजलाई २० सदस्य टोली घोषणा गरेको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया छनोट समितिले दोस्रो रोजाईको टोली घोषणा गर्दा युवा खेलाडीले मौका पाएका छन् । धवनले पहिलो पटक भारतीय टोलीको कप्तानको जिम्मेवारी पाएका हुन् ।


युवा ओपनर देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, नितिश राना, स्पिनर कृष्णप्पा गौवथम र तीव्र गतिका बलर चेतन सकारियाले पहिलो पटक भारतीय टोलीमा परेका छन् । भारतको पहिलो रोजाईको खेलाडी इंग्ल्यान्डमा अर्को हप्ता न्युजिल्यान्डसँग आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल्ने छ । त्यसपछि भारतले इंग्ल्यान्डसँग सिरिज खेल्ने कार्यक्रम छ । जसको कारण भारतले श्रीलंका भ्रमणलाई दोस्रो रोजाईका खेलाडी पठाउने भएको हो ।

श्रीलंका भ्रमणमा भुवनेश्वर कुमारले उपकप्तानको जिम्मेवारी पाएका छन् । देवदत्त पाडिक्कलले रोयल च्यालेन्जर्स बेंगलोरबाट आइपिएल खेल्ने गर्दछन् । बायाँ हाते ओपनर पाडिक्कलले गत सिजन डेब्यू गर्दै ४ सय ७३ रनका साथ इमर्जिङ प्लेयर चुनिएका थिए । यस सिजनमा पनि पाडिक्कलले उत्कृष्ट प्रदर्शन गर्नेक्रममा राजस्थान रोयल्सविरुद्ध १ सय १ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।


ऋतुराज गायकवाडले चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्ने गर्दछन् । ऋतुराजले गतवर्ष अन्तिम तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए । यस सिजनमा १ सय ९६ रनका साथ राम्रो प्रदर्शन गरेका थिए । नितिश राणाले आइपिएलमा कोलकाता नाइट राइडर्सबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । स्पिनर गोवथमले यस सिजनको आइपिएलमा चेन्नईमा अनुबन्ध भएपनि खेल्ने अवसर पाएका थिएनन् । तर घरेलु र आइपिएलमा आफ्नो प्रभाव छोड्दै आएका छन् ।

चेतन सकारिया पहिलो पटक यस सिजनमा राजस्थान रोयल्सबाट आइपिएल खेल्दै प्रभावित प्रदर्शन गरेपछि भारतीय टोलीमा स्थान बनाएका हुन् ।


भारतको टोली : शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, सूर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पान्ड्या, नितिश राना, ईशान किशन (विकेटकिपर), सञ्जु स्यामसन (विकेटकिपर), युजभेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गोवथम, क्रुनाल पान्ड्या, कुलदीप यादव, बरुण चक्रवर्ति, भुवनेश्वर कुमार (उपकप्तान), दीपक चाहर, नवदीप सैनी, चेतन सकारिया ।
खेल तालिका :


सबै खेल कोलोम्बोमा हुने छन् ।


जुलाई १३ : पहिलो ओडिआई
जुलाई १६ : दोस्रो ओडिआई
जुलाई १८ : तेस्रो ओडिआई


जुलाई २१ : पहिलो टि२० आई
जुलाई २३ : दोस्रो टि२० आई
जुलाई २५ : तेस्रो टि२० आई

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.