5 years ago
June 11, 2021
एजेन्सी – न्युजिल्यान्डविरुद्ध दोस्रो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले मध्यम प्रदर्शन गरेको छ । बर्मिंघममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५८ रन जोडेको छ ।

तल्लोक्रमका ब्याट्सम्यान ड्यानियल लरेन्स एक सय बलमा ११ चौका सहित ६७ रनमा अविजित छन् । लरेन्सलाई मार्कवुड १६ रनबाट साथ दिने छन् । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लले पहिलो विकेटका लागि ३० ओभरमा ७२ रनको संयमित साझेदारी गरेका थिए । तीव्र गतिका बलर म्याट हेनरीले सिब्लेलाई ३५ रनमा टम ब्लन्डेलबाट क्याच गराउँदै पहिलो विकेटको साझेदारी तोडेका थिए ।
निल वाग्ररले ज्याक क्रलीलाई शून्यमा क्याच आउट गराए । कप्तान जो रुट पनि धेरै समय क्रिजमा विताउन सकेनन् । म्याट हेनरीले रुटलाई चार रनमा क्याच आउट गराए । इंग्ल्यान्डको इनिङ सम्हालेका रोरी बन्सलाई ट्रेन्ट बोल्टले लाथमबाट ८१ रनमा क्याच आउट गराए । रोरी बर्न्सले १ सय ८७ बल खेल्दै १० चौका प्रहार गरे । ओली पोप १९, जेम्स ब्रेसी शून्य र ओली स्टोन २० रनमा आउट भए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र अजाज पटेलले २–२ विकेट लिएका छन् । दुई टेष्ट सिरिज अन्तर्गत पहिलो खेल बराबरीमा सकिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]