default_image

5 years ago

June 11, 2021

दक्षिण अफ्रिकाविरुद्ध वेस्टइन्डिजको खराब ब्याटिङ

191 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्ध पहिलो टेष्ट खेलमा खराब ब्याटिङ गरेको छ । घरेलु टोली वेस्ट इन्डिजले ड्यारेन स्यामी नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङमा ४०.५ ओभरमा ९७ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया र लुन्गी एनगिडीको उत्कृष्ट बलिङ सामू कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्टइन्डिजका जेसन होल्डरले ४१ बलमा ३ चौका सहित सर्वाधिक २० रन जोड्न सके । ओपनर क्रेग ब्रेथवेट र शाई होपले १५–१५ रन बनाए । यी दुबै ब्याट्सम्यानलाई एनरिच नोर्कियाले बोल्ड आउट गरेका थिए । नक्रुमाह बोनरलाई कागिसो रबाडाले क्विन्टन डी ककबाट क्याच गराए ।

काइल मेयर्स र जर्मेन व्लयाकवुडलाई नोर्कियाले एक एक रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज धरापमा परेको थियो । त्यसपछि एनगिडीले वेस्टइन्डिजको ब्याटिङ ध्वस्त पारे । तल्लोक्रमका रहकिम कर्नवालले १३ रन बनाउन बाहेक अन्यले दोस्रो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ११ ओभरमा ३ मेडन सहित ३५ रन खर्चेर ४ विकेट लिए । लुन्गी एनगिडीले १३.५ ओभरमा ७ मेडन सहित १९ रन खर्चेर ५ विकेट लिए ।


पहिलो इनिङ थालेको दक्षिण अफ्रिकाले ४३ ओभरमा ४ विकेटको क्षतिमा १ सय २८ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । युवा ओपनर एडेन माक्ररम १ सय १० बलमा ७ चौका सहित ६० रन बनाउँदै क्याच आउट भए । ओपनर तथा कप्तान डिएन एल्गरले खाता खोल्न सकेनन् । किगन पिटरसन १९ र काइल भेरिने ६ रनमा आउट भए ।

क्विन्टन डी कक ६ र रास्सी भान डर डुसेन ३४ रनमा अविजित छन् । वेस्ट इन्डिजका युवा तीव्र गतिका बलर जयडेन सेल्सले डेब्यू खेलमै ३ विकेट लिएका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.