4 years ago
June 11, 2021
एजेन्सी – बंगलादेशका चर्चित अलराउन्डर सकिब अल हसनले ढाका प्रिमियर डिभिजन टि२० क्रिकेट लिगमा अम्पायरले आउट नदिएपछि खेल भावना विपरित रिसले चुर हुँदै खुट्टाले स्टम्प हानेका छन् ।

मोहम्मदान स्पोटिङ क्लबबाट खेलेका सकिबले शुक्रबार दिउँसो भएको खेलमा अबाहानी लिमिटेड विरुद्ध उक्त हर्कत गरेका हुन् । टस जितेर पहिला ब्याटिङ थालेको स्पोर्टिङ क्लबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । जितको लागि १ सय ४६ रनको विजय लक्ष्य पछ्याएको अबाहानी लिमिटेडविरुद्ध सकिब पाँचौं ओभरमा बलिङ गर्न आएका थिए । सकिब टोलीको कप्तान समेत हुन् ।
सकिबको पहिलो बलमा अनुभवी विकेटकिपर मुश्फिकुर रहिमले कुनै रन जोड्दैनन् । दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गर्दछन् । त्यसपछि सकिबले लगातार दुई बल डट राखे । अन्तिम बलमा सकिबले मुश्फिकुरलाई एलबिडब्लूको अपिल गर्दछन् । तर अम्पायरले आउट दिँदैनन् ।
सकिबको अपिलमा अम्पायरले कुनैपनि संकेत देखाउँदैनन् । आउट नदिएपछि सकिबले लगत्तै स्टम्पलाई खुट्टाले हान्न पुग्छन् । एकै छिनमा खेल पुन सुचारु हुन्छ । छैटौं ओभर स्पिनर शुवागाटा होमले गर्दछन् । होमको अन्तिम बल बाँकी रहँदा अम्पायरले खेल रोक्न पुग्छन् ।
वर्षाको कारण देखाउँदै अम्यायरले खेल रोक्दै ग्राउन्ड स्टाफमा पिच ढाक्न हातले इशारा गर्दछन् ।
नाज्मोल होसन शान्टो र मुश्फिकुर पेभिलिएन तर्फ लाग्छन् । त्यतिकैमा सकिब आउँछन् र खेल किन रोकेको भन्दै अम्पायरसँगको झगडा गर्दै नन स्टाइकका तीनै स्टम्प निकालेस जोडसँग क्रिजमै फाल्छन् । सकिबको आक्रोश यतिकैमा रोकिदैन ।
एकछिन अम्पायरसँग झगडा गरेपछि एउटा स्टम्प गाडे जस्तै गरेर पेभिलिएनतर्फ लाग्छन् । वर्षाको कारण ५.५ ओभरमा ३१–३ को अवस्थामा खेल पुरै रोकिन्छ र पिच ढाँकिन्छ । पछि लिमिटेडले डकवर्थ लेविस पद्धतिको आधारमा ९ ओभरमा ७६ रनको लक्ष्य बाउनु पर्ने भएपनि ६ विकेटको क्षतिमा ४४ रन मात्र बनाउन सकेपछि लिमिटेड ३१ रनले पराजित हुन पुग्छ ।
सकिब बंगलादेशका सर्वाधिक सफल अलराउन्डर हुन् । वर्तमान समयमा विश्व क्रिकेटका एक उत्कृष्ट अलराउन्डरमा पर्दछन् । तर सकिबको यो हर्कतसँगै प्रतिबन्धको सम्भावना बढेको छ । सकिब एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्धको कारण गत पुषबाट मात्र पूनरागमन गरेका थिए । अघिल्लो वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सकिबलाई सट्टेबाजसँगको प्रस्तावलाई जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको अरोपमा एक वर्ष प्रतिबन्ध लगाएको थियो । घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो पुनरागमन गरेका सकिबको यो हर्कतले भने पुन प्रतिबन्धको सम्भावना बढेको छ ।
भिडियो हेर्नुहोस :
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]