default_image

5 years ago

June 12, 2021

ह्वाटमोर सोमबार नेपाल आउने

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आउने भएका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार सम्म नेपाल आईपुग्ने छन् ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ । स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुने पक्का भनिएपनि यद्यपी नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले औपचारिक रुपमा भने जानकारी दिएका छैनन् ।

ह्वाटमोर आएसँगै नेपाली टोलीले स्पेन भ्रमणको लागि आफ्नो बन्द प्रशिक्षण सुरु गर्नेछ । क्यान उच्च स्रोतका अनुसार ह्वाटमोर सोमबार नेपाल आएपछि उनी चार पाँच दिन क्वारेनटाइनमा बस्ने छन् । उनको पिसिआर परिक्षणपछि नेपाली टोलीले बन्द प्रशिक्षण थाल्ने छ । क्यानले बन्द प्रशिक्षणमा २५ भन्दा कमनै खेलाडी बोलाउने तयारी गरि रहेको छ । कोरोना महामारीको कारण क्यानले २० खेलाडी स्पेन भ्रमणको लागि माग गर्दै आएको छ ।

अष्ट्रेलिया पूर्व खेलाडी तथा विश्वकप विजेता ह्वाटमोर गत माघमा नेपाल आएका थिए । उनको प्रशिक्षकमा नेपालले वैशाख पहिलो साता घरेलु मैदान टियुमा नेदरल्यान्ड्सलाई फाइनलमा १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको ब्याटिङमा देखिएको सुधारले ह्वाटमोरबाट धेरै आशा र अपेक्षा गरिएको छ । सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा एकदिवसिय विश्वकप जिताएका ह्वाटमोरको परिवार भने श्रीलंकामा वसोवास गर्दै आएका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.