default_image

5 years ago

June 12, 2021

नेपालले स्पेन भ्रमणअघि नेदरल्यान्ड्ससँग खेल्ने सम्भावना

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्पेन भ्रमण गर्नुअघि नेदरल्यान्ड्समा अभ्यास खेल खेल्ने तयारी गरेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच स्पेनमा जुलाई तेस्रो साता ओडिआई त्रिकोणात्मक सिरिज हुने कार्यक्रम छ । स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुन लागेको छ ।

क्यान निकट उच्च स्रोतका अनुसार नेपालले स्पेन भ्रमणअघि नेदरल्यान्ड्समा गएर अभ्यास गर्ने सम्भावना धेरै छ । क्यानले अभ्यासको लागि विदेशी टोलीलाई पत्रचार गरि सकेको छ । जसमा मुख्य प्रयास र पहिलो रोजाईमा नेदरल्यान्ड्स छ । लामो समय क्वारेन्टाइन बस्नु परेन भने नेपाल नेदरल्यान्ड्समा अभ्यास खेल खेलेर स्पेनतर्फ लाग्ने छ । नेपालले नेदरल्यान्ड्सको प्रमुख टोलीसँग अभ्यासको लागि माग गरेको छ ।

नेदरल्यान्ड्सको प्रमुख खेलाडी उपलब्ध नभएपनि सिनियर खेलाडी मिश्रित टोलीसँग भएपनि खेल्ने योजनामा छ । तर कोरोना महामारीको कारण सिरिज भने खेल्ने अवस्था नभएको स्रोत बताउँछ । नेदरल्यान्ड्स बाहेक अन्य देशमा पनि क्यानले अभ्यासको लागि पत्रचार र कुराकानी गरिरहेको छ । जसमा टेष्ट टोली पनि छन् । मुख्य समस्यमा भिसा देखिन्छ । भिसा पाउन निकै गाह्रो भएको स्रोत बताउँछ । यदि नेपालले कुनै टोलीसँग पनि अभ्यास खेल्ने वातावरण मिलेन भने स्पेनमा चाँडै गएर तयारी गर्ने छ ।

स्पेन कोरोना महामारीपछि नेपालको पहिलो विदेश भ्रमण हुने छ । नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो । नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर सोमबार सम्म नेपाल आईपुग्ने छन् । ह्वाटमोर आएसँगै नेपाली टोलीले स्पेन भ्रमणको लागि आफ्नो बन्द प्रशिक्षण सुरु गर्ने छ । ह्वाटमोर आगमनसँगै ब्याटिङमा सुधारको संकेत देखिएको छ । अघिल्लो महिना मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टि२० सिरिजमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जितेको थियो ।

फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले आफ्नो टि२० क्रिकेट इतिहासकै सर्वाधिक २ सय ३८ रन बनाएको थियो । नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको थियो । पछिल्ला तीन टि२० खेलमा २ सय माथि योगफल बनाएको नेपालको मनोबल उच्च छ । युवा ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले उच्च प्रदर्शन गरेका थिए ।

स्कटल्यान्ड विश्वकप लिग–२ को सर्वाधिक बलियो टोली हो । सन् २०१८ मा स्कटल्यान्डले विश्वकप विजेता इंग्ल्यान्डलाई ६ रनले स्तब्ध पारेको थियो । स्कटल्यान्डले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङका साथ ३ सय ७१ रन बनाएको थियो । स्कटल्यान्डविरुद्ध नेपाली ब्याटिङको असली परिक्षा हुने छ ।

नेदरल्यान्ड्सले नेपालले भन्दा माथिल्लो स्तरको छनोट खेलेको छ । नेदरल्यान्ड्सले १२ टेष्ट टोलीसँगै आइसिसी विश्वकप सुपर लिगमा प्रतिस्पर्धा गरि रहेको छ । सुपर लिगमा टेष्ट टोलीसँग प्रतिस्पर्धा गर्ने नेदरल्यान्ड्स एक्लो एसोसियट टोली समेत हो । अघिल्लो महिना नेपाल आएको नेदरल्यान्ड्सको टोलीमा प्रमुख खेलाडी थिएनन् । यसै साता सुपर लिगमा टेष्ट टोली आयरल्यान्डविरुद्ध तीन ओडिआई सिरिज २–१ ले जित्दै नेदरल्यान्ड्सले सानदार सुरुवात गरेको छ ।

विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भई सकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्ने छन् । १० टोलीबीच हुने ग्लोबल छनोटमा शीर्ष दुई टोलीले एकदिवसिय विश्वकप खेल्ने अवसर पाउने छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.