default_image

5 years ago

June 12, 2021

दक्षिण अफ्रिका इनिङ अन्तरले विजयी

145 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पहिलो टेष्ट खेलमा ६३ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेष्ट सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । घरेलु टोली वेस्ट इन्डिज दोस्रो इनिङमा ६४ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भएको हो ।

वेस्ट इन्डिजका रोस्टन चेशले १ सय ५६ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान क्रेग ब्रेथवेट ७, किरण पोवेल १४, शाई होप १२, जर्मेन ब्ल्याकवुडले १३ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । तल्लोक्रममा केमार रोच १३ रनमा अविजित रहे । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले २० ओभरमा ९ मेडन सहित ३४ रन खर्चेर ५ विकेट लिए । एनरिच नोर्कियाले ३ र केशव महाराजले २ विकेट लिए ।

पहिलो इनिङमा दक्षिण अफ्रिकाले ९६.५ ओभरमा ३ सय २२ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका विकेटकिपर क्विनटन डि ककले १ सय ७० बलम १२ चौका र ७ छक्का सहित १ सय ४१ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए । डि ककको यो टेष्ट करिअरको छैटौं शतक हो । युवा ओपनर एडेन माक्ररम १ सय १० बलमा ७ चौका सहित ६० रन बनाउँदै क्याच आउट भए ।

ओपनर तथा कप्तान डिएन एल्गरले खाता खोल्न सकेनन् । किगन पिटरसन १९ र काइल भेरिने ६ रनमा आउट भए । रास्सी भान डर डुसेन ४६ र मुल्डर २५ रनमा आउट भए । वेस्ट इन्डिजका अलराउन्डर जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए । युवा तीव्र गतिका बलर जयडेन सेल्सले डेब्यू खेलमै ३ विकेट र केमार रोचले २ विकेट लिए ।

त्यसअघि ड्यारेन स्यामी नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङमा ४०.५ ओभरमा ९७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया र लुन्गी एनगिडीको उत्कृष्ट बलिङ सामू कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्टइन्डिजका जेसन होल्डरले ४१ बलमा ३ चौका सहित सर्वाधिक २० रन जोड्न सके । ओपनर क्रेग ब्रेथवेट र शाई होपले १५–१५ रन बनाए । यी दुबै ब्याट्सम्यानलाई एनरिच नोर्कियाले बोल्ड आउट गरेका थिए । नक्रुमाह बोनरलाई कागिसो रबाडाले क्विन्टन डी ककबाट क्याच गराए ।

काइल मेयर्स र जर्मेन व्लयाकवुडलाई नोर्कियाले एक एक रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज धरापमा परेको थियो । त्यसपछि एनगिडीले वेस्टइन्डिजको ब्याटिङ ध्वस्त पारे । तल्लोक्रमका रहकिम कर्नवालले १३ रन बनाउन बाहेक अन्यले दोस्रो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ११ ओभरमा ३ मेडन सहित ३५ रन खर्चेर ४ विकेट लिए । लुन्गी एनगिडीले १३.५ ओभरमा ७ मेडन सहित १९ रन खर्चेर ५ विकेट लिए । दोस्रो टेष्ट आगमी शुक्रबार देखि सुरु हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.