default_image

5 years ago

June 13, 2021

खराब ब्याटिङसँगै इंग्ल्यान्ड हार नजिक

147 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध दोस्रो टेष्ट खेलमा उत्कृष्ट प्रदर्शनका साथ सहज जिततर्फ लम्केको छ । दोस्रो इनिङमा घरेलु टोली इंग्ल्यान्डले खराब ब्याटिङ गर्दै तेस्रो दिनको समाप्तिमा ४१ ओभरमा १ सय २२ रन जोड्न ९ विकेट गुमाएको छ । पहिलो इनिङमा ८५ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा दोस्रो इनिङमा ३७ रनले अग्रता लिएको छ ।

इंग्ल्यान्डका ओली स्टोन १५ रनमा अविजित छन् । स्टोनलाई जिमी एन्डरसनले साथ दिने छन् । इंग्ल्यान्डका मार्कवुडले सर्वाधिक २९ रनको योगदान दिए । ओली पोप २३, ज्याक क्रली १७ र कप्तान जो रुट ११ रनमा आउट भए । अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरी र वाग्ररले ३–३ विकेट लिए । स्पिनर अजाज पटेलले २ र ट्रेन्ट बोल्टले १ विकेट लिए ।


पहिलो इनिङमा न्युजिल्यान्ड ११९.१ ओभरमा ३ सय ८८ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका विल यंगले २ सय ४ बलमा ११ चौका सहित सर्वाधिक सर्वाधिक ८२ रनको योगदान दिए । पहिलो खेलमा दोहोरो शतक प्रहार गरेका डेभन कन्वेले १ सय ४३ बलमा १२ चौका सहित ८० रन बनाए । अनुभवी ब्याट्सम्यान रस टेलरले १ सय ३९ बलमा ११ चौका सहित ८० रनको इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो अग्रता लिएको थियो । हेनरी निकोलस २१, टम ब्लेन्डल ३४ र अजाज पटेल २० रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले सर्वाधिक ४ विकेट लिए । मार्कवुड र ओली स्टोनले २–२ विकेट लिए ।


त्यसअघि बर्मिंघममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो इनिङमा १ सय १ ओभरमा ३ सय ३ रनमा अल आउट भएको थियो । तल्लोक्रमका ब्याट्सम्यान ड्यानियल लरेन्स १ सय २४ बलमा १३ चौका सहित ८१ रनमा अविजित रहे । मार्कवुड ४१ रनको योगदान दिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लले पहिलो विकेटका लागि ३० ओभरमा ७२ रनको संयमित साझेदारी गरेका थिए । तीव्र गतिका बलर म्याट हेनरीले सिब्लेलाई ३५ रनमा टम ब्लन्डेलबाट क्याच गराउँदै पहिलो विकेटको साझेदारी तोडेका थिए । निल वाग्ररले ज्याक क्रलीलाई शून्यमा क्याच आउट गराए ।

कप्तान जो रुट पनि धेरै समय क्रिजमा विताउन सकेनन् । म्याट हेनरीले रुटलाई चार रनमा क्याच आउट गराए । इंग्ल्यान्डको इनिङ सम्हालेका रोरी बन्सलाई ट्रेन्ट बोल्टले लाथमबाट ८१ रनमा क्याच आउट गराए । रोरी बर्न्सले १ सय ८७ बल खेल्दै १० चौका प्रहार गरे । ओली पोप १९, जेम्स ब्रेसी शून्य र ओली स्टोन २० रनमा आउट भए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए । म्याट हेनरीले ३, अजाज पटेलले २ विकेट लिए । दुई टेष्ट सिरिज अन्तर्गत पहिलो खेल बराबरीमा सकिएको थियो । न्युजिल्यान्डले दोस्रो टेष्टमा जितसँगै सिरिज पनि जित्ने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.