5 years ago
June 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर आज नेपाल आई पुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार विहान ९ : २० मा त्रिभुवन विमानस्थलमा आई पुगेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

ह्वाटमोरलाई क्वारेनटाइनमा राखिएको छ । उनी चार दिनसम्म क्वारेनटाइनमा बस्ने छन् । पिसिआर परिक्षण हुने छ । क्यानले प्रशिक्षणको लागि सरकारको नियमलाई हेरेर प्रशिक्षण थाल्ने छ । ह्वाटमोर क्वारेनटाइन अवधि सकिएपछि मात्र थाल्ने छ । बन्द प्रशिक्षणको मिति तय भएसँगै खेलाडीको नाम पनि सार्वजनिक हुने दासले बताए । दुई दिनभित्रमा नाम सार्वजनिक हुन सक्ने उनले बताए । छनोट समितिले क्यानलाई खेलाडीको नाम भने पठाई सकेको छ ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ । स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुने पक्का भनिएपनि यद्यपी नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले औपचारिक रुपमा भने जानकारी दिएका छैनन् । क्यानले बन्द प्रशिक्षणमा २५ भन्दा कमनै खेलाडी बोलाउने तयारी गरि रहेको छ । कोरोना महामारीको कारण क्यानले २० खेलाडी स्पेन भ्रमणको लागि माग गर्दै आएको छ ।

अष्ट्रेलिया पूर्व खेलाडी तथा विश्वकप विजेता ह्वाटमोर गत माघमा नेपाल आएका थिए । उनको प्रशिक्षकमा नेपालले वैशाख पहिलो साता घरेलु मैदान टियुमा नेदरल्यान्ड्सलाई फाइनलमा १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।
नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको ब्याटिङमा देखिएको सुधारले ह्वाटमोरबाट धेरै आशा र अपेक्षा गरिएको छ । सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा एकदिवसिय विश्वकप जिताएका ह्वाटमोरको परिवार भने श्रीलंकामा वसोवास गर्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]