default_image

5 years ago

June 14, 2021

डेब्यू गरेका चार क्रिकेटरलाई जनही एक लाख प्रदान गरिने

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले वैशाख पहिलो साता टियु क्रिकेट मैदानमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि२० सिरिजमा डेब्यू गर्ने ओपनर कुशल भुर्तेल सहित चार खेलाडीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

माई सेकेण्ड टिचरले त्रिकोणात्मक टि२० सिरिज च्याम्पियन नेपाली टोलीलाई पाँच लाख र डेब्यू गरेका ओपनर कुशल भुर्तेल, आसिफ शेख, स्पिनर साहब आलम र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्न लागेको हो ।

नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । डबल राउन्ड रोबिनको आधारमा भएको उक्त त्रिकोणात्मक सिरिजमा कुशल, आशिफ, कमल र साहबले डेब्यू गर्दै उच्च प्रदर्शन गरेका थिए ।

डेब्यू खेलको सुरुवाती तीनै खेलमा अर्धशतकका साथ कुशल भुर्तेलले विश्व कीर्तिमान बनाएका थिए । कुशल टि२० आई डेब्यू सुरुवाती तीनै खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उक्त सिरिजमा कुशलले ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाएका थिए ।

अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखले ५ खेलमा एक अर्धशतक सहित १ सय ५४ रन बनाएका थिए । सुरुवाती दुवै खेलमा यी दुई ओपनरले लगातार शतकीय साझेदारी गर्दै विश्व कीर्तिमान बनाएका थिए ।

दुबै डेब्यू खेलाडीले शतकीय साझेदारी पहिलो पटक टि२० आईमा गरेका हुन् । त्यस्तै टि२० आईमा ओपनरले लगातार दुई शतकीय साझेदारी गर्ने कुशल र आसिफ पहिलो जोडी हुन् । अन्तिम दुई खेल खेलेका कमलले ५ र स्पिनर साहबले ३ खेलमा २ विकेट लिएका थिए ।

नेपाली टोलीले अव आइसिसी विश्वकप लिग २ अन्तर्गत जुलाईमा स्कटल्यान्ड र नामिबियाबीच हुने ओडिआई त्रिकोणात्मक सिरिज स्पेनमा खेल्ने कार्यक्रम छ । यसै साताबाट टोलीले अभ्यास थाल्ने छ । मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार विहान नेपाल आई पुगेका छन् । माई सेकेण्ड टिचरले स्पेन भ्रमणको लागि टोलीको बन्द प्रशिक्षण सुरु भएपछि उक्त रकम खेलाडी र टोलीलाई प्रदान गर्ने हाम्रो खेलकुदलाई जानकारी दिएको छ ।

युवा खेलाडीलाई खेलकुदलाई प्रोत्साहन गर्न उक्त रकम घोषणा गरेको जनाएको छ । माई सेकेण्ड टिचरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको ब्याटलाई पनि एक वर्षको प्रायोजन गरेको छ । आशिफ शेखलाई पनि प्रायोजन गरेपनि पछि प्राविधिक कारणले रद्द गरेको जनाएको छ ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) र एमएसटीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला पनि गरेको छ । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने हुन्छ । डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ ।

क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पाउने छ । माई सकेन्ड टिचरका सह संस्थापक सुलभ बुढाथोकीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसंग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेको जनाएका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.