default_image

5 years ago

June 14, 2021

विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार घोषणा

133 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार राशी घोषणा गरेको छ । दुई वर्ष सम्म चलेको टेष्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शुक्रबारबाट सुरु हुनेछ । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर प्राप्त गर्ने भएको छ ।

उप विजेता अर्थात दोस्रो हुने टोलीले ८ लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । टेष्ट च्याम्पियनसिपको अंक तालिका तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ४ लाख ५० हजार, चौथो स्थानको इंग्ल्यान्डले ३ लाख ५० हजार र पाँचौं स्थानमा आफ्नो स्थान अन्त्य गरेको पाकिस्तानले २ लाख अमेरिकी डलर पाउने आइसिसीले जनाएको छ ।

आइसिसीका टेष्ट वरियता शीर्ष नौं टोलीबीच दुई बर्ष चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन् । अंक तालिकामा छैटौं स्थानमा दक्षिण अफ्रिका, वेस्टइन्डिज सातौं, आठौंमा श्रीलंका र पुछारमा बंगलादेश छन् । पुछारका यी चार टोलीले समान एक एक लाख अमेरिकी डलर प्राप्त गर्ने छन् ।

शुक्रबारबाट सुरु हुने टेष्ट च्याम्पियनसिप फाइनलको लागि दुबै टोली इंग्ल्यान्डमा आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । न्युजिल्यान्डले फाइनल अघि इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्दै १–० ले जितेको छ । भारतले आन्तरिक अभ्यास गरि रहेको छ । वर्तमान समयमा विश्व टेष्ट वरियता शीर्ष स्थानमा न्युजिल्यान्ड र दोस्रो स्थानमा भारत छन् ।

टेष्ट च्याम्पियनसिप फाइनल बराबरी भएमा भने संयुक्त रुपमा विजेता घोषणा गरिने आइसिसीले जनाई सकेको छ । साउथह्याप्टनमा विश्वका दुई उत्कृष्ट टोलीबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक र रोचकको अपेक्षा गरिएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.