5 years ago
June 15, 2021
एजेन्सी – न्युजिल्यान्ड क्रिकेट बोर्डले शुक्रबार देखि इंग्ल्यान्डको साउथ ह्याप्टनमा सुरु हुने भारतसँगको विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । न्युजिल्यान्डले इंग्ल्यान्डसँगको दुई टेष्ट सिरिजपछि पाँच खेलाडीलाई हटाउँदै अन्तिम टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा इंग्ल्यान्डसँग टेष्ट डेब्यूमै दोहोरो शतक प्रहार गर्ने डेभन कन्वे, दोस्रो टेष्टमा राम्रो प्रदर्शन गरेका स्पिनर अजाज पटेल र तीव्र गतिका बलर म्याट हेनरीलाई टोलीमा समेटेको छ । इंग्ल्यान्डसँगको सिरिजमा रहेका डग ब्रेसवेल, जेकब डुफी, ड्र्याल मिशेल, रचिन रविन्द्र र मिचेल सान्टनरले भारतसँगको फाइनलमा स्थान बनाउन सकेनन् । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डको टोलीमा पाँच प्रमुख तीव्र गतिका बलर छन् । कोलिन डी ग्रान्डहोमले अलराउन्डरमा स्थान बनाएका छन् । इंग्ल्यान्डसँगको दोस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेका विल योंग स्पेलिष्ट ब्याटिङको रुपमा स्थान बनाएका छन् ।
आइसिसीका टेष्ट वरियता शीर्ष नौं टोलीबीच दुई बर्ष चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन् । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर प्राप्त गर्ने छ । उप विजेता अर्थात दोस्रो हुने टोलीले ८ लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । टेष्ट च्याम्पियनसिपको अंक तालिका तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ४ लाख ५० हजार, चौथो स्थानको इंग्ल्यान्डले ३ लाख ५० हजार र पाँचौं स्थानमा आफ्नो स्थान अन्त्य गरेको पाकिस्तानले २ लाख अमेरिकी डलर पाउने आइसिसीले जनाएको छ ।

अंक तालिकामा छैटौं स्थानमा दक्षिण अफ्रिका, वेस्टइन्डिज सातौं, आठौंमा श्रीलंका र पुछारमा बंगलादेश छन् । पुछारका यी चार टोलीले समान एक एक लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । शुक्रबारबाट सुरु हुने टेष्ट च्याम्पियनसिप फाइनलको लागि दुबै टोली इंग्ल्यान्डमा आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । न्युजिल्यान्डले फाइनल अघि इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्दै १–० ले जितेको छ । भारतले आन्तरिक अभ्यास गरि रहेको छ । वर्तमान समयमा विश्व टेष्ट वरियता शीर्ष स्थानमा न्युजिल्यान्ड र दोस्रो स्थानमा भारत छन् ।
टेष्ट च्याम्पियनसिप फाइनल बराबरी भएमा भने संयुक्त रुपमा विजेता घोषणा गरिने आइसिसीले जनाई सकेको छ । साउथह्याप्टनमा विश्वका दुई उत्कृष्ट टोलीबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक र रोचकको अपेक्षा गरिएको छ ।
फाइनल खेल्ने दुबैको अन्तिम टोली :
न्युजिल्यान्डको टिम : केन विलियम्सन (कप्तान), टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, टिम साउथी, रस टेलर, निल वाग्रर, बिजे वाटलिङ र विल योंग ।
भारतको टिम : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल, ऋद्धिमान शाह (विकेटकिपर)
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]